डोल्पामा पहिलोपटक पुग्यो यात्रुवाहक बस
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १३:२२:२५
२७ वैशाख, काठमाडौं । नेपालको हिमाली जिल्ला डोल्पामा पहिलोपटक सार्वजनिक सेवाका यात्रुवाहक बस पुगेको छ । सोमबार बाँकेको नेपालगन्जबाट हिँडेको बस मंगलबार डोल्पा सदरमुकाम दुनै पुगेको हो । यससँगै अब डोल्पा राष्ट्रिय राजमार्गसँग पनि जोडिएको छ ।
केही महिनायता डोल्पा जाजरकोट सडकखण्डअन्तर्गत डोल्पाको भेरी नदीमा बेलिब्रिज बनेसँगै डोल्पामा बस पुगेको हो । डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएपछि पहिलो पटक भेरी राप्ती यातायात प्रालि र नमस्ते सगरमाथा यातायात प्रालिको एकएक वटा यात्रुवाहक बस डोल्पा आइपुगेको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको छ ।
यसअघिसम्म डोल्पामा जीपमात्रै गुड्दै आएको थियो । सार्वजनिक यातायातअन्तर्गत बस सेवा सुरु भएपछि जिल्लाबासीले खुशी व्यक्त गरेका छन् ।
अब राष्ट्रिय राजमार्गसँग जोडिन हुम्ला जिल्ला मात्र बाँकी छ । राष्ट्रिय गौरबको आयोजना कर्णाली करिडोर नेपाली सेनाले बनाइरहेका छन् । करिडोरको हुम्ला खण्डको ६ किलो मिटर सडक निर्माण तथा केही खोला पुल बन्न बाँकी छ । निर्माण सकेपछि हुम्ला पनि राष्ट्रिय राजमार्गमा जोडिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
पिस कोर स्वयंसेवकको पहिलो समूहले लियाे शपथग्रहण
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार