शीर्ष नेताहरुकै व्यवहार शंकास्पद, निरन्तर भेटले उब्जायो आशंका
नेपालबहस संवाददाता
बैशाख २८, २०८० बिहिबार ११:५४:२५
२८ वैशाख, काठमाडौं । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा हाइ प्रोफाइल नेताहरू संलग्न रहेसँगै शीर्ष नेताहरूको तीब्र भेटघाटले अनुसन्धान प्रभावित हुने आशंका जन्माएको छ । गत हप्तादेखि नै शीर्ष नेताहरूको बीचमा कुराकानी शुरु भएको हो । यो कुराकानीले नक्कली भूटानी शरणार्थीको अनुसन्धानलाई प्रभावित गराउने आशंका जन्माएको छ ।
यद्यपि नेताहरूले संसद सञ्चालन र बजेटको विषयमा छलफल भएको बताउँदै आएका छन् । अर्घाखाँचीबाट निर्वाचित सांसद एवं एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीबीच भेटघाट तीब्र बनेको छ । शुरुमा ओली र प्रचण्ड भेट भएका थिए । बालकृष्ण खाँण पक्राउ परेपछि भने दिनमै तीन पटक शीर्ष नेताहरू भेटघाट गरी छलफलमा जुटेका छन् ।
उनीहरूले बुधबार अपरान्ह पनि भेटवार्ता गरे । प्रधानमन्त्री निवास सिंहदरबारमा भएको भेटमा संसदसँग जोडिएका विषयमा छलफल भएको दाबी गरिएको भए पनि पूर्व उपप्रधानमन्त्री एवं पूर्व गृहमन्त्रीकै विषय लिएर उनीहरूको छलफल केन्द्रीत भएको थियो । खास गरी उनीहरूले नक्कली भूटानी शरणार्थीको जरोमा पुग्न लागेपछि आफ्ना नेताहरूलाई ढाकछोप गर्न लागेको भन्दै सर्वसाधारणले चासो पनि व्यक्त गरेका छन् ।
नेपाली कांग्रेसका नेता रमेश लेखकले सुनुवाइ समिति, टीआरसी विधेयक, संवैधानिक परिषद सम्बन्धी विधेयक तथा संसदीय समितिका सभापति चयन लगायतका विषयमा छलफल भएको बताए । उनको प्रतिक्रियाप्रति एमाले अध्यक्ष ओलीले पनि समर्थन जनाएका छन् । यसअघि मंगलबार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा तीन शीर्ष नेताहरूबीच छलफल भएको थियो । बजेट, सरकारको आगामी नीति तथा कार्यक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने कार्यसूची बताइएको थियो । तर भेटको विस्तृत विवरण सार्वजनिक भएको छैन ।
तीन शीर्ष नेताहरूको भेट मात्रै होइन, यसअघि वैशाख २१, वैशाख २३ र वैशाख २५ मा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच पनि भेट भएको थियो । नेताहरूको यस खालको तीव्र भेटघाटको समय सन्दर्भले प्रशस्तै शंकाहरु जन्माएको छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहका केही व्यक्ति पक्राउ परेको र त्यसमा राजनीतिक कनेक्सन जोडिँदै नेताहरू समेत तानिएपछि अहिलेको अवस्थामा नेताहरूको भेटघाटलाई शंकास्पद रुपमा हेरिएको हो ।
उनीहरूको बयानका आधारमा मुख्य पार्टीका केही शीर्ष नेताहरू पनि तानिएका छन् । अनुसन्धान प्रक्रिया अघि बढ्ला कि नबढ्ला र दोषी माथि कारबाही होला कि नहोला भन्ने नागरिकमा आशंका व्याप्त भइरहेको बेलामा उनीहरूले भेटलाई तीव्रता दिएका हुन् । यो प्रकरणमा बुधबार मात्रै कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको नाममा गत वैशाख २० गते नै पक्राउ पुर्जी जारी भइसकेको छ ।
यद्यपि, उनी सम्पर्कविहीन भएका छन् । उनले संसदमा विरामी विदाको इमेल गरेका छन् । आफू विरामी भएर उपस्थित हुन नसकेको भन्दै इमेल गरेका हुन् । त्यसकारण अहिले केही हप्ताअघिसम्म तिक्त सम्बन्धमा रहेका र भेटघाट पनि सहज नभइरहेको पृष्ठभूमिमा अहिले बढिरहेको भेटवार्ताको क्रमले कतै उनीहरू आरोपितलाई बचाउन र थप व्यक्तिको नाम मुछिन नदिन प्रयत्नशील हुन् कि भन्ने आशंका बढाएको हाे।
सामाजिक सञ्जालमा भ्रष्टाचारमा राष्ट्रिय सहमति जस्ता शब्दावली प्रयोग गर्दै भेटवार्ताप्रति तीखो प्रतिक्रिया व्यक्त भएका छन् । जसले गर्दा तीन नेताको भेट फरक विषयमा वा उनीहरूले दाबी गरेकै जस्तो सन्दर्भमा भइरहेको भए पनि नागरिकमा भने विश्वास देखिँदैन । ‘रायमाझी मात्र होइन आरजु र मञ्जुको समेत संलग्नता रहेको भन्दै प्रहरीले अनुसन्धान अघि बढाउने देखिएपछि शीर्ष नेताहरूको संलग्नताकाे विषयमा आशंका जन्मिएको हो’, प्रहरी स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार
स्कुटर दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार