शनिबारदेखि भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १०:५९:१०
२९ वैशाख, काठमाडौं । झापाको बेलडांगीमा शनिबारदेखि भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिता हुने भएको छ। नक्षेत्र फाउण्डेसनको निर्माण तथा प्रस्तुतिमा भुटानी शरणार्थी शिविर भित्रै प्रतियोगिता आयोजना हुन लागेको हो ।
फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदीका अनुसार प्रतियोगिताले प्रतिभा भएका तर ओझेलमा परेका प्रतिभाहरूको खोजी गर्ने उदेश्यले भुटानी रेफ्यूजी आइडल गायन प्रतियोगिताको आयोजना गर्न लागिएको हो । जसमा ७० जनाले डिजिटल अडिसन दिएकामध्ये २० जना छानिएका थिए ।
जसमध्ये शनिबार हुने पहिलो चरणको प्रतिस्पर्धामा डिजिटल अडिसनबाट छनोट भएका २० जनाले सहभागीता जनाउने छन् । जसको निर्णायकमा कर्म ग्यालजन बम्जन , महेश थुलुङ , किशोर शिवाकोटी , सृष्टी हिङमाङ, बलराम समाल मगर रहेका छन्। कार्यक्रममा पहिलो भुटनिज गायक प्रताप सुब्बाको पनि उपस्थिति रहनेछ ।
आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने प्रतियोगीले नगद ५ लाख , द्वितीय हुनेले ३ लाख र तेस्रो स्थान हासिल गर्नेले १ लाख र चौथो स्थान हासिल गर्नेले ५० हजार नगद प्राप्त गर्नेछन् ।
त्यस्तै विजेताहरू सबैलाई आयोजक संस्था नक्षेत्र फाउण्डेसनले म्यूजिक भिडियो निर्माण गरिदिनेछ। कार्यक्रमलाई अमेरिकन भुटनिज म्यूजिक एशोसियशन ९बामा० र डिस्काको पनि सहयोग रहेको छ। १५ वर्ष भन्दा माथिका प्रतियोगीहरु सहभागी हुने प्रतियोगिताको निर्देशन गायक कमल राईले गर्दैछन्।
कार्यक्रमको स्थानिय आयोजकको रुपमा बेलडांगी नाट्य परिवार रहेको छ। प्रतियोगिताको फाइनल जुलाईमा हुने बेलडांगी नाट्य परिवारका अध्यक्ष जंग मगरले जानकारी दिए। कार्यक्रमको प्रत्यक्ष प्रसारण नेपाल टेलिभीजन इटहरीबाट हुनेछ । त्यस्तै कार्यक्रम नक्षेत्र फाउण्डेसनको युट्युव च्यानलमा पनि हेर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रकाश सपुत: गायक र अभिनेतादेखि चलचित्र निर्देशनसम्म
बैशाख २४, २०८१ सोमबार
जीवन कालमा धेरै मेहनत गरेर यहाँसम्म आएकी गायिका बिसी
बैशाख २४, २०८१ सोमबार
‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद
बैशाख २५, २०८१ मंगलबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
एकैदिन ३१ वटा विद्युतीय कार काठमाडौं पठाइँदै
बैशाख २५, २०८१ मंगलबार
जेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार