संघीय शिक्षा ऐनको माग गर्दै काठमाडौंमा प्रदर्शन
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १५:५२:४
२९ वैशाख, काठमाडौं । संघीय शिक्षक ऐनको माग शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा शुक्रबार माइतीघर मण्डलामा १४ संघसंगठनले प्रदर्शन गरेका हुन् ।
दर्जनौं संख्यामा सहभागी उनीहरुले ‘संघीय शिक्षा ऐन खोई’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै महासंघले २०७५ र २०७८ सालमा शिक्षा मन्त्रालयसँग भएको ५१ बुँदे सम्झौता कार्यान्वयन गर्न समेत स्मरण गराएका छन् ।
प्र्रदर्शनमा सहभागीहरुले आगामी बजेटमार्फत न्यून बेतनमा काम गरिरहेका विद्यालय कर्मचारी र बालकक्षा शिक्षक (ईसीडी)लाई दरबन्दी कायम गरी तलब भत्ता उपलब्ध गराउनु पर्ने माग गरे ।
उनीहरुलाई केन्द्र सरकारले ८ हजार रुपैयाँ मासिक तलबभत्ता दिँदै आएको छ । केही स्थानीय तहले विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई थप रकम दिएर १५ हजारसम्म मासिक पारिश्रमिक उप्लब्ध गराउँदै आएका छन् ।
आगामी बजेटमा कूल बजेटकाे २० प्रतिशत छुट्याउनु पर्ने, विद्यालय कर्मचारीलाई तलबभत्ता उपलब्ध गराउनुपर्ने, शिक्षण सिकाइ अनुदानका शिक्षकलाई दरबन्दीका शिक्षकसरह तलबभत्ता दिनुपर्ने, सबै तह र श्रेणीका स्थायी शिक्षकको ग्रेड र तलब समान तहका निजामती कर्मचारीसरह गराउनुपर्ने माग उनीहरूकाे छ ।
यस्तै, शिक्षक कर्मचारीको तलबभत्ता सःसर्त अनुदान शीर्षकअन्तर्गत पठाउने र उक्त तलब निकासा गर्न पालिका परिषद्को निर्णय नचाहिने व्यवस्था गर्नुपर्ने, द्वन्द्वपीडित तथा शिक्षकको पेसागत संस्थाकाे नेतृत्वमा बसेर काम गरेको शिक्षकको टुटेको सेवा अवधि जोडेर नियमानुसार सेवासुविधा दिनुपर्ने माग गरिएकाे छ । प्रदर्शनपछि उनीहरुले ‘बृहत विरोधसभा गरेका थिए ।
प्रदर्शनमा नेपाल शिक्षक संघ, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन,नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संगठन, अखिल नेपाल शिक्षक संघ, राष्ट्रिय शिक्षक मञ्च, संघीय शिक्षक फोरम नेपाल, मधेशी शिक्षक फोरम लोकतान्त्रिक, नेपाल राष्ट्रिय शिक्षक परिषद्, लोकतान्त्रिक शिक्षक युनियन, मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च, , संस्थागत विद्यालय शिक्षक युनियन र नेपाल विद्यालय कर्मचारी परिषद्मा आबद्ध शिक्षक, शिक्षिकाहरूको सहभागिता थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
झाँक्री प्रकाश भुजेल २ लाख धरौटी बुझाएर रिहा
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको सामूहिक निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ !
माघ ११, २०८१ शुक्रबार
यातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरपालिकाको १६ औं नगरसभा सम्पन्न
माघ ११, २०८१ शुक्रबार
सहकारी ठगी गर्नेकै सम्पत्तिबाट पीडितलाई बचत फिर्ता गराउनुपर्छः प्रवक्ता महत
माघ ११, २०८१ शुक्रबार
सूर्यविनायक नगरपालिकाले बनायो सुविधासम्पन्न भवन
माघ ११, २०८१ शुक्रबार
हेलिकोप्टरबाट पानी खन्याउँदा पनि महाभारतको डढेलो निभेन, नियन्त्रणको प्रयास जारी
माघ ११, २०८१ शुक्रबार
६ करोड १० लाख लागतमा बन्यो बराहपोखरी गाउँपालिकाको प्रशासनिक भवन
माघ ११, २०८१ शुक्रबार
पोखरा महानगरद्वारा कृषकलाई फलफूलका बिरुवा वितरण
माघ ११, २०८१ शुक्रबार