टोपबहादुर रायमाझी पक्राउबारे संसद सचिवालय अनभिज्ञ, उनको सांसद पद के हुन्छ ?
फरार सूचीमा परेका एमालेका २ सांसदमध्ये रायमाझी प्रहरीकाे फन्दामा, काेइरीकाे खाेजी जारी
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १३:२१:१७
१ जेठ, काठमाडौं । एमालेबाट प्रतिनिधिसभा सदस्य (सांसद) रहेका टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संघीय संसद सचिवालयमा पुगेको छैन । संसद अन्तर्गत आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । तर पक्राउबारे सचिवालय औपचारिक रुपमा अनभिज्ञ रहेको पाइएको छ ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपालीसँग करोडौं रुपैयाँ ठगी गरेको प्रकरणमा मुछिएपछि अनुसन्धानका लागि उनलाई प्रहरीले गएराति मात्र बुढानिलकण्ठबाट पक्राउ गरेको छ । उनीमाथि संगठि अपराध र ठगी लगायत कसुरमा अनुसन्धानका लागि म्याद लिन प्रहरीले सोमबार नै काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइसकेको छ । उनलाई सोह्रखुट्टे प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।
उनी पक्राउ परेको जानकारी प्रहरीबाट संसद सचिवालयमा प्राप्त नभएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बताए । सूचना प्राप्त भएको खण्डमा आजकै बैठकमा सभामुखले सदनलाई जानकारी दिनेछन् । तर सूचना प्राप्त नहुँदा रायमाझीको हकमा आजको बैठक ‘गयल’ जनाइन्छ ।
सांसद पदको अवस्थाबारे प्रतिनिधिसभा नियमावली २०७९ मा स्पष्ट व्यवस्था गरिएको छ ।
नियमावलीअनुसार कुनैपनि सांसद पक्राउ परेपछि लगत्तै सम्बन्धित निकायको औपचारिक पत्रका आधारमा संसदमा त्यसबारे सूचना दिनुपर्ने व्यवस्था छ । नियमावलीको नियम २४८ मा प्रतिनिधिसभाका ‘कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ’ उल्लेख छ । तर आज बस्ने बैठक कार्यसूचीमा पक्राउको सूचनासम्बन्धी कुनै सूची समावेश छैन ।
संविधानको धारा १०३ मा संसदमा बोलेको विषयका कारण सांसद पक्राउ पर्न नसक्ने तर फौजदारी अभियोग लागेको खण्डमा भने पक्राउ गर्न बाधा नपर्ने व्यवस्था छ । संविधानमा पनि सांसद पक्राउसम्बधी स्पष्टरुपमा व्यस्था गरिएको छ । ‘प्रतिनिधिसभा सदस्य सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ’ संविधानको धारा १०३ को उपधारा ६ मा उल्लेख छ ।
नियमावलीको उपनियम ३ मा ‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ’ भन्ने व्यवस्था छ ।
उपनियम ४ मा ‘कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नुपर्ने अवधिभर वा कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर वा कुनै सदस्यले कैद भुक्तान गर्न बाँकी रहेमा वा पक्राउ परL कैद भुक्तान नगरेसम्मको अवधिभर त्यस्तो सदस्य स्वतः निलम्बन भएको मानिनेछ’ भन्ने व्यवस्थ रहेको उल्लेख छ ।
अभियुक्त रायमाझी अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्य हुन् । प्रतिनिधिसभा मुलुकको कानून बनाउने मुख्य थलो हो । प्रकरणमा रायमाझी, उनका छोरा सन्दीपसहित १३ जना पक्राउ परेका छन् । ३ जना फरार छन् ।
रायमाझी पक्राउ परेसँगै उनको सांसद पदलाई लिएर राजनीतिक वृत्तमा व्यापक चासो बनेको छ । महोत्तरी १ बाट निर्वाचित एमालेकै लक्ष्मी महतो कोइरी प्रहरीको फरार सूचीमा रहेका छन् । कोइरीलाई भने सांसदबाट निलम्बन गरिसकेका छन् । उनीविरुद्ध २०७६ को मधेश आन्दोलनका क्रममा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका हवल्दार थमन विकको हत्यामा संलग्नता रहेको अभियोग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपरराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्बो टोली जाने
मंसिर १३, २०८१ बिहिबार
दुग्ध विकास संस्थान सुधारको प्रारम्भिक खाका तयार छ: मन्त्री अधिकारी
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार