मेरो चरित्रहत्या गर्ने नक्कली अडियोको सत्यतथ्य चाँडो सार्वजनिक होसः आरजु
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १५:१:४७
१ जेठ,काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम मुछिएर आएको अडियोका बारेको तथ्य तत्काल सार्वजनिक हुनुपर्ने बताएकी छन् । उनले शरणार्थी प्रकरणको अन्तिम निष्कर्ष चाँडो आएको हेर्न आफू आतुर रहेको पनि बताएकी छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राणाले आफ्नो चरित्रहत्या गरिएको अडियोको तथ्य आउनुपर्ने बताइन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा को–को दोषी हुन् भन्ने बारे चाँडो छानबिन हुनुपर्ने राणाको भनाइ थियो । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ’को दोषी हो, को होइन प्रष्टसँग बाहिर ल्याउनुपर्ने आफ्नो माग रहेको बताइन् । उनले भनिन, ‘त्यसको सत्य तथ्य चाँडै नै उजागर गर्न माग गर्दछु । यो केसको अन्तिम रिपोर्टका लागि म भन्दा आतुर कोही छैन ।
आफूलाई विदेश गएको भनेर लेखिएका समाचारप्रति पनि आरजू राणाको आपत्ति थियो । ’म उपस्थित भएको त देखिरहनु भएकै होला । म सशरीर नै यहाँ छु । म यसपटक के पनि भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा पुगिसकेको रहेछ । म सामाजिक संजालमा त्यति सक्रिय छैन । त्यो देख्दा मलाई के लाग्यो भने हाम्रो देशमा हुन फेक मिडियामा सरकारको निगरानी हुनु पर्यो,’ उनले भनिन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो छानबिनका लागि प्रहरीमा बुझाएको तर ६ दिनसम्म पनि रिपोर्ट नआएको भन्दै राणाले आपत्ति जनाइन् । ‘मैले ६ दिनअगाडि फेक अडियो, भुटानी शरणार्थी प्रक्रियामा संलग्न भनेर बनाइएकालाई फरेन्सिक परीक्षणका लागि सीबीआई र साइबर क्राइम सेलमा पठाएको थिए । त्यो दर्ता गर्न पनि मानिएको थिएन । यहाँहरूले पत्याउनु हुन्न होला, सत्तापक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर तीन घण्टा लाग्यो त्यो दर्ता गराउन । ६ दिन हुँदा पनि फेक हो कि होइन भनेर किन बताउन चाहेको छैन ? म अरुजस्तै आतुर छु । मेरो मात्रै नाम उच्चारण किन हुन्छ, उनले बताइन् । ?’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुवेत पुर्याई मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
जेठ ३, २०८१ बिहिबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार