पर्यटन प्रवर्द्धनका लागि हाफ म्याराथन आयोजना गर्ने
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १५:४९:३६
१ जेठ, विराटनगर । वन, पर्यटन तथा वातावरण मन्त्रालय कोशी प्रदेश विराटनगरले ‘हाफ म्याराथन प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ ।म्याराथन जेठ ६ गते बिहान ६ बजे मोरङको भेडियारीस्थित विराटराजाको दरबारदेखि सुनसरीको बर्जु तालसम्म आयोजना हुनेछ । ‘खेलकुद पर्यटन प्रवद्र्धन, विराट बर्जु हाफ म्याराथन’ नाराका साथ हुने प्रतियोगिताले धार्मिक पर्यटकीय तथा ऐतिहासिक स्थानको प्रवद्र्धन हुने अपेक्षा गरिएको मन्त्रालयका सचिव सञ्जीव राईको भनाइ छ ।
म्याराथनको दूरी २३ किमीको रहनेछ । प्रतियोगितामा पुरुषतर्फ एक सय जना सहभागी हुनेछन् । जसमा प्रथम हुनेलाई रु एक लाख, द्वितीय हुनेलाई रु ७५ हजार, तृतीय हुनेलाई रु ५० हजार राशिको पुरस्कार दिनुका साथै चौथो, पाँचौँ र छैटौँ हुनेलाई सन्त्वनास्वरुप जनही रु १५ हजार प्रदान गरिनेछ ।
महिलातर्फ पाँच किमी दूरीमा प्रथम हुनेलाई रु २५ हजार, द्वितीय हुनेलाई रु २० हजार र तृतीय हुनेलाई रु १५ हजार पुरस्कार प्रदान गरिनेछ ।
दौड विराटराजाको दरबार सङ्ग्रहालयबाट सुरु भई विराटनगर भन्सार कार्यालय हुँदै कोशी राजमार्ग, रोडशेष चोक, बसपार्क, जनआन्दोलन चोक, भट्टी चोक हुँदै केसलिया रोड, कोसलिया पुल, भीमपुर चोक हुँदै रामगञ्ज रोड, गोपी चोक हुँदै शुक्रबारे चिमडी हुँदै बर्जु तालको उत्तर गेटबाटभित्र पुगेर पूरा हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
धार्मिक पर्यटकीय गन्तव्य बन्दै देवचुली डाँडा
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
अदालतका तहसिलदार विरुद्ध जवरजस्तीकरणीमा मुद्धा दर्ता, फरार पाण्डे खोज्न प्रहरी परीचालन
बैशाख १४, २०८१ शुक्रबार
पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत !
बैशाख १४, २०८१ शुक्रबार
जनताको उन्नति र प्रगति नै कांग्रेसको चाहना हो : सभापति देउवा
बैशाख १४, २०८१ शुक्रबार
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
बैशाख १४, २०८१ शुक्रबार
टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज 'ए' टिम
बैशाख १४, २०८१ शुक्रबार
रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वाेच्च अदालतको आदेश
बैशाख १४, २०८१ शुक्रबार