राष्ट्रपतिबाट कायस्थको परिवारमा समवेदना व्यक्त
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १५:५४:१४
१ जेठ, बनेपा । राष्ट्रपति रामचन्द्र पौडेलले दोस्रो जनआन्दोलनमा घाइते भइ गत वैशाख २७ गते निधन भएका मुकेश कायस्थको परिवारजनमा समवेदना व्यक्त गरेको छ । जनआन्दोलनमा घाइते भएर अचेत अवस्थामा रहेका जिउँदो शहिद कायस्थको वैशाख २७ गते बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
राष्ट्रपति पौडेलले शोक सन्देशमार्फत कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो । राष्ट्रपति पौडेलका तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारकोतर्फबाट छोरी अवज्ञा पौडेल र प्रेस संयोजक खिला कार्कीले आज कायस्थको घरमा पुगेर दुःख व्यक्त गरेको हो ।
राष्ट्रपति पौडेलले समवेदना सन्देश पठाउनुहुँदै मुकेश जस्ता योद्धाका कारण नेपालमा लोकतान्त्रिक गणतन्त्र सम्भव भएको र उनको योगदानलाई भावी पुस्ताले सम्झिरहने उल्लेख गरेको छ । त्यस्तै बागमती प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तीर्थ लामाले मुकेशको योगदानलाई सरकारले उचित सम्बोधन गर्ने बताए ।
बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले राष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण गराउँदै मुकेशलाई सहिद घोषणा माग गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेललाई माग पत्र हस्तान्तरण गरे । विसं २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षको थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो । उनी १७ वर्ष एक महिना अचेत अवस्थामा रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेसहाराको आश्रयस्थल बन्दै बालगृह
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
बैशाख ३०, २०८१ आइतबार
चतराधाम पूर्णमहाकुम्भ मेला अवधिमा ३५ जनाको उद्धार, तीन हजारको उपचार
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार
मधेशमा नयाँ सरकार गठनका लागि आज ४ दलले एमालेको नेतृत्वमा दाबी पेश गर्दै
बैशाख ३१, २०८१ सोमबार
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको निर्णय
बैशाख ३०, २०८१ आइतबार
धुलिखेल र जापानको सरोमा नगरबीच सीप–प्रविधि आदानप्रदान सम्झौता
बैशाख ३०, २०८१ आइतबार
ठगी आरोपमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
सर्वोच्चद्वारा वर्ल्डलिंकको रिट खारेज,शुल्क असुल्न बाटो खुल्ला
बैशाख ३०, २०८१ आइतबार