प्रचण्डलाई गठबन्धन भत्काउने पूर्णबहादुरको धम्की !
नेपालबहस संवाददाता
जेठ १, २०८० मंगलबार ५:२१:१२
२ जेठ, काठमाडाैं । जब पूर्व गृहमन्त्री बालकृष्ण खाँण आफू पक्राउ पर्दैछु भन्ने थाह पाए त्यति बेला सर्वप्रथम पार्टी सभापतिलाई फोन लगाए । पार्टी सभापति शेरबहादुर देउवाको फोन नउठेपछि उनले अन्य केही नेताहरूलाई फोन लगाए । त्यसअघि खाँणले श्रीमती मञ्जु खाँणसँग अनलाइनमा कुरा गरिरहेका थिए । उनी त्यतिकैमा अडिएनन् । त्यसपछि उनले उपप्रधानमन्त्री पूर्ण बहादुर खड्कालाई फोन लगाएर आफूलाई पक्राउ गर्न प्रहरी आएको बताए ।
उनले घटनाक्रम सबै बताइसक्दा खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी दिन खोजेर फोन लगाए तर उनको फोन नउठेपछि बालुवाटार पुगे । बालुवाटारमा पुगेर प्रचण्डलाई बालकृष्णलाई पक्राउ गरेमा गठबन्धन नै धरापमा पर्ने र बताउँदै त्यहाँबाट तुरुन्तै प्रहरी फिर्ता गर्न आग्रह गरे ।
त्यसपछि प्रधानमन्त्रीले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन लगाए । श्रेष्ठ प्रधानमन्त्रीलाई भेट्न पुगे । त्यतिन्जेल प्रहरीले खाँणलाई नियन्त्रणमा लिएर गाडीमा राखिसकेको थियो । उपप्रधानमन्त्री श्रेष्ठले आईजीपीलाई फोन गरेर खाँणलाई पक्राउ नगर्न आदेश दिए पनि प्रहरी त्यतिकैमा रोकिएन । उनलाई काठमाडौं प्रहरी परिसर पुर्याएपछि सबैतिर हल्ला फैलियो ।
तर उपप्रधानमन्त्री पूर्ण बहादुर खड्काले गठबन्धन भत्किने कुरा यसै भनेका होइनन् भन्दै माओवादीभित्र छलफलको विषय बनेको छ । त्यति मात्र होइन कांग्रेसको तरुण दल, महिला संघ र शेरबहादुर देउवा पत्नी आरजु देउवाले पनि यो विषयमा आफूलाई बेइज्जत गरेको भन्दै प्रचण्डप्रति अनुदार बन्ने संकेत दिइसकेका छन् । अदालतमा थुनछेक बहस सकिएको भोलिपल्टै यो विषयमा आन्तरिक गृहकार्य गर्ने कांग्रेसका एउटा समूहको दावी छ । यद्यपि यो विषयमा कांग्रेसभित्रकै प्रभावशाली नेता शेखर कोइराला समूहले सत्य तथ्यसहित छानबिन हुनुपर्ने धारणा राखिरहेका छन् ।
भुटानी शरणार्थी प्रकरणपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग निकटता बढाउँदै लगेको देखिन्छ । जबकि, यत्रो ठूलो प्रकरणमा सत्ता गठबन्धनको बैठक बस्ने कुनै छेक छन्द छैन । नक्कली शरणार्थी प्रकरण बाहिरिएसँगै प्रचण्ड, देउवा र ओलीबीच चार पटक गोप्य बैठक भइसके पनि देउवाले ओलीलाई काखी च्याप्न थालिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार