काभ्रेपलाञ्चोकबाट राष्ट्रिय कोटिहोम रथयात्रा सुरु
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १४:११:३९
२ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकबाट राष्ट्रिय कोटिहोम रथयात्रा सुरु गरिएको छ । ॐकार फाउन्डेसनले राष्ट्रिय धार्मिक सांस्कृतिक महिमा र गरिमालाई संसारभरि फैलाउने उद्देश्यले आगामी माघ शुल्कपक्षदेखि पनौती नगरपालिका–११ स्थित बल्थलीमा राष्ट्रिय कोटिहोम आयोजना गर्न रथयात्रा सुरु गरिएको जनाएको छ ।
फाउन्डेसनले नेपालको गौरव धर्म, सम्पदा, संस्कृति र प्रकृति नै रहेकाले यी क्षेत्रको थप प्रचार गर्ने जनाउँदै रथगाडी तयार गरी रथयात्राको सुुरुआत गरेको हो । सोमबार साँझ चण्डेश्वरीबाट सुरु गरिएको रथयात्रालाई काभ्रेपलाञ्चोकको मुख्य धार्मिकस्थल पलाञ्चोक भगवती र नाला भगवती हुँदै ७७ जिल्लाका सदरमुकाम एवम् तीर्थस्थलमा जाने योजना बनाइएको संस्थाका मुकुन्द पौडेलले जानकारी दिए । उनका अनुसार रथयात्राका लागि गृहमन्त्रालय र यातायात व्यवस्था विभागबाट स्वीकृतिसमेत लिइएको छ ।
संस्थाले हालै बल्थलीमा एक सय आठ फिट अग्लो २० हजार किलोभन्दा बढी फलाम र तामाद्वारा शिवको त्रिशूल निर्माण सम्पन्न गरेको छ । सोही स्थानमा कोटिहोम आयोजना गर्न लागिएको हो । कोटिहोममा एक लाख किलो ‘चरु’ होम गरिने छ ।
यस्तै, कोटिहोममा एक सय आठ ब्राह्मणले एक महिनासम्म होम गर्नेछन् । कोटिहोमका सङ्कल्पकर्ता मुकुन्द शर्मा हुमागाईंका अनुसार अतिवृष्टि, अनावृष्टि, वातावरण प्रदूषण, भूकम्प, कोरोना महामारीजस्ता व्याधी प्रकोप, अनिकाल, भोकमरीलगायतबाट जोगाउन होम गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार