गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या
गोलीकाण्डपछि शहरभरका विद्यालयहरू बन्द
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १४:४९:५७
२ जेठ, एजेन्सी । अठार वर्षीय बन्दुकधारीले युवकले सोमबार यहाँस्तित गिर्जाघर बाहिर गोली हानेर तीन जनाको हत्या गरेका छन् । गोली लागेर दुई प्रहरी अधिकारीहरू सहित अन्य केही व्यक्तिहरू घाइते भएको अल जजीराले उल्लेख गरेको छ। गोली हान्ने ती युवकलाई प्रहरीले गोली हानी मारेको छ ।
अल जजीराका अनुसार न्यु मेक्सिकोको फार्मिङ्टनको आवासीय क्षेत्रमा सोमबार गोली हानाहान गर्ने किशोर बन्दुकधारीले दुई प्रहरीसहित धेरै व्यक्ति घाइते भएको प्रहरीले बताएको छ।
सो घटनाबाट अन्य थुप्रै नागरिक पीडित भएको फार्मिंग्टन प्रहरीले फेसबुक मार्फत जानकारी दिदै एकजना संदिग्धलाई घटनास्थलमै गोली हानी मारेको बताएको छ । यसैबीच फार्मिङ्टनमा भएको गोलीकाण्डपछि शहरभरका विद्यालयहरू बन्द गरिएको प्रहरीले जनाएको छ।
बिहान ११ बजे गोली चलेको खबर आएपछि आसपासका विद्यालयमा विद्यार्थिहरूलाई विद्यालयमै सुरक्षित राखिएको थियो । शहरको प्रहरी विभागले फेसबुक पोस्टमा भनेको छ । कम्तिमा तीन जना सर्वसाधारणको हत्या भएको थियो र संदिग्धलाई मारिएको छ । घाइतेहरूको सान जुआन क्षेत्रीय मेडिकल सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरीले मारिएका र घाइते भएकाहरूको नाम सार्वजनिक गरेको छैन । घटना बारे विस्तृत विवरण पनि सार्वजनिक गरिएको छैन। गम्भीर अनुसन्धान भइरहेको मात्र उल्लेख गरुएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार