सरकारी वकिल कार्यालयमा खाँणको अबेर राती इन्कारी बयान
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार ९:४६:५५
३ जेठ, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले प्रहरी र सरकारी वकिलको कार्यालयमा इन्कारी बयान दिएका छन् । मंगलबार राती साढे ९ बजे सकिएको बयानमा उनलाई लगाइएको आरोपमा खाँणले इन्कारी बयान दिएको जिल्ला सरकारी वकिलको कार्यालय स्रोतले जनाएको छ ।
मन्त्री राजनीतिक व्यक्ति भएका कारण मन्त्रालयको फाइल सरकारी कर्मचारीले ल्याएकै विश्वासको आधारमा सदर गर्ने भएकाले त्यस विषयमा आफू जानकार नभएको बयान दिएका हुन् । ‘सरकार निरन्तर उत्तराधिकारी भएकाले अघिल्लो सरकारले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनले नै सबै कुरा बोलेको र नक्कली प्रतिवेदन बारे आफूलाई जानकारी छैन’, उनले बयानमा भनेको स्रोतको दावी छ‘ छुटेका भूटानी शरणार्थीको विषयमा कर्मचारीले नै फाइल ल्याएको र त्यसमा आफ्नो कुनै संलग्नता छैन ।’ यो विषयमा आफूलाई जानकारी नभएको बताएका छन् । मन्त्रालयका कुन कर्मचारीले के गल्ती गरेका छन् त्यसको जिम्मेवारी उनै कर्मचारीले लिनुपर्ने पनि पूर्व गृहमन्त्री खाँणले जनाएका छन् ।
मंगलबार सरकारी वकिल कार्यालय काठमाडौंमा सरकारी वकिलको रोहबरमा प्रहरीले उनको बयान लिएको थियो । उनको बयान मंगलबार राति साढे ९ बजे सकिएको थियो । उनका अनुसार बयान मंगलबार बिहान साढे ११ बजेदेखि सुरू भएको थियो । त्यस बेलादेखि सुरू भएको बयान नरोकी बेलुकी साढे ९ बजेसम्म भएको थियो । खाँणको बयान प्रहरीले सोमबार नै सुरू गरेको थियो । तर उनले आफूलाई पेट दुखेको बताएपछि प्रहरी कार्यालयमा फिर्ता लगिएको थियो ।
उनको बयान नभए पनि यस प्रकरणमा पक्राउ परेका नेकपा एमाले सांसद टोपबहादुर रायमाझीको बयान प्रहरीले सोमबार लिएको थियो । प्रहरीले रायमाझीको बयान साढे ५ घन्टा लिएको थियो । उनको बयान सोमबार नै सकिएको छ । रायमाझीले पनि यो विषयमा आफ्नो कार्यक्षेत्र पनि नपर्ने कसले के गरेका छन् भन्ने बारेमा आफूलाई जानकारी पनि नभएको बताएको स्रोतको दावी छ ।
सो प्रकरणमा प्रहरीले यस प्रकरणमा १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले यस प्रकरणको अनुसन्धान संगठित अपराध कसुरमा गरिरहेको छ । चैत १२ गतेदेखि सुरू भएको अनुसन्धान ६० दिनभित्र मुद्दा अदालतमा दर्ता गर्नुपर्ने प्रावधान छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
सरकार सञ्चालन र नेतृत्व विकाससम्बन्धी अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार
ताजा रगत खोज्न ‘ब्लड फर मी’ ‘मोबाइल एप्स’ सार्वजनिक
पुष १९, २०८१ शुक्रबार
विकास निर्माणमा सहज हुनेगरी काम गरिरहेका छौँः वनमन्त्री शाही ठकुरी
पुष १९, २०८१ शुक्रबार
विराटनगरका मेयर नागेश कोइराला प्रवृत्ति : ‘सिङ नभएको तिखे गोरु’
पुष १९, २०८१ शुक्रबार