चैते धान प्रोत्साहन कार्यक्रममा बजेटभन्दा सात गुणा बढीको निवेदन
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १५:१२:२०
३ जेठ, चितवन । जिल्लामा चैते धान खेती गरेका कृषकलाई प्रोत्साहनस्वरुप प्रदान गर्न ल्याइएको कार्यक्रममा बजेटभन्दा सात गुणा बढीको निवेदन परेको छ । कृषि ज्ञान केन्द्र चितवनले चैत २७ गते १५ दिने सूचना जारी गरी प्रोत्साहन कार्यक्रममा सहभागी हुनका लागि कृषकलाई आह्वान गरेको थियो ।
जिल्लाका पाँच पालिकाका किसानले चार हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाएका छन् । चैते धान खेती गर्ने किसानले प्रोत्साहन कार्यक्रमका लागि निवेदन बुझाएका केन्द्रले जनाएको छ । केन्द्रमा छ सय हेक्टर क्षेत्रफललाई मात्रै पुग्ने बजेट भए पनि अहिले किसानको निवेदनका आधारमा चैते धान खेती गर्ने कृषकको सङ्ख्या बढेको केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनले जानकारी दिए।
एक हेक्टरमा ३० कट्ठा हुने र एक कट्ठा बराबर रू चार सयका दरले प्रोत्साहन रकम दिन कार्यविधिमा भए पनि माग बढेपछि अहिले स्थलगत अनुगमन सुरु गरिएको उनले बताए । उनले भने, “जिल्लामा यो पहिलो कार्यक्रम हो । हामीले अहिले स्थलगत अनुगमन गरिरहेका छौँ ।”
मकवानपुर र चितवनमा यस कार्यक्रमका लागि रू ७३ लाख ५० हजार बजेट भए पनि मकवानपुर तथा चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाबाट निवेदन नआएको निमित्त प्रमुख पुनले जानकारी दिए। उनले भने, “अहिले आएका निवेदन सबैलाई कार्यक्रममा समेट्ने हो भने प्रतिकट्ठा रू ६० का दरले पर्न जान्छ ।”
निवेदन सङ्ख्या बढेसँगै किसानलाई वर्गीकरण गरेर प्रोत्साहन रकम दिने तयारी थालिएको पुनको भनाइ छ । साना किसानलाई लक्षित गर्दै रकम बाँडफाँट गर्ने योजनामा कार्यालय रहेको भन्दै उनले निर्णय गर्न बाँकी रहेको बताए । सबैभन्दा धेरै खैरहनी नगरपालिकाबाट निवेदन परेका छन् । राप्ती, रत्ननगर र माडी नगरपालिकाका साथै भरतपुर महानगरपालिकाको पश्चिमी भूभागका कृषक पनि उक्त कार्यक्रममा समेटिएका कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमौरीपालनतर्फ किसानको आकर्षण बढ्दो
बैशाख २६, २०८१ बुधबार
शिक्षण छाडेर पशुपालनमा रमाइरहेका गोपाल
बैशाख २६, २०८१ बुधबार
भैँसी पाल्ने किसानलाई पचास हजार दिने
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २७, २०८१ बिहिबार
कोशीमा नयाँ सरकार गठनको आह्वान
बैशाख २७, २०८१ बिहिबार
आजको मौसम : चट्याङ र हावाहुरीसहित वर्षा हुने
बैशाख २७, २०८१ बिहिबार
महाकाली नदीको टापुमा १४ वटा ट्र्याक्टरसहित थुनिए २७ जना भन्दा बढी मजदुर
बैशाख २६, २०८१ बुधबार
त्रिभुवन विमानस्थलमा पार्किङमा राखिएका विमानहरु
बैशाख २६, २०८१ बुधबार
यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा ...
बैशाख २६, २०८१ बुधबार