उर्जा मन्त्रालयमा लुकेकै अवस्थामा पक्राउ परे हज समितिका अध्यक्ष शमशेर मियाँ
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १२:३४:३५
४ जेठ, काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । सिंहदरबार परिसरबाट उनलाई पक्राउ गरिएको हो । उनी उर्जा मन्त्रालयमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसर लगिएको छ ।
शरणार्थी प्रकरणमा संलग्नहरुलाई सिंहदरबारभित्र आउजाउ गर्दा समेत प्रहरीले सुईको पाउन सकेको छैन । अन्य पक्राउ गर्न खोजिएका आरोपीहरु पनि यही अवस्थामा घुमिरहेका छन् । प्रहरीले पक्राउ गर्ने जानकारी पाएपछि मियाँले हज समितिको कार्य वाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिरहेका थिए । यसै बेला बिहीबार बिहान प्रहरीले ऊर्जा मन्त्रालय परिसरबाट पक्राउ गरेको हो ।
हज समितिको गाडी नक्कली शरणार्थी बनाउने क्रममा प्रयोग भएको थियो । गिरोहले पनि उनको गाडी प्रयोग गर्ने गरेका थिए । गृह मन्त्रालय अन्तर्गत नेपाल हज समितिका अध्यक्ष मियाँलाई तत्कालीन गृहमन्त्री थापाले २०७७ माघ ७ मा नियुक्त गरेका थिए । थापा हटेपछि गृहमन्त्री बनेका खाँणले मियाँको कार्यकाल २ वर्ष थपिदिएका थिए । जुन दलको सरकार बन्छ, त्यसैका नेता/कार्यकर्तालाई हज समितिमा नियुक्ति गर्ने अभ्यास थियो । मियाँ भने अपवाद बने ।
स्रोतका अनुसार नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज समितिको गाडी प्रयोग गर्ने र गिरोहको योजनाअनुसार थप काम गर्ने जिम्मा मियाँले लिएका थिए । त्यसको पोल खुलेपछि उनी सम्पर्कविहीन थिए । बिहीबार कार्यवाहक जिम्मेवारी अर्कै व्यक्तिलाई दिने गरी तयारी गरिरहेका बेलामा उनी पक्राउ परेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंमा महिलाको हत्या गरेर फरार व्यक्ति ९ वर्षपछि पक्राउ
बैशाख १६, २०८१ आइतबार
फेसबुकमार्फत हवाई टिकट मिलाइदिने भन्दै ठग्ने युवती पक्राउ
बैशाख १६, २०८१ आइतबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
बैशाख १६, २०८१ आइतबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
पूर्वराजा ज्ञानेन्द्र सडकमा आउने मुहूर्त
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा मतगणनाको तयारी, सर्वदलीय बैठक बस्दै
बैशाख १६, २०८१ आइतबार
बझाङ अपडेट: एमालेका भण्डारी लाई ६७७ मतको अग्रता
बैशाख १६, २०८१ आइतबार
रिग्मो गाउँ
बैशाख १६, २०८१ आइतबार
मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा
बैशाख १६, २०८१ आइतबार
आज राति देशका केही स्थानमा हावाहुरीको सम्भावना
बैशाख १६, २०८१ आइतबार
बझाङ अपडेट: एमालेका भण्डारी ६०८ मतले अगाडि
बैशाख १६, २०८१ आइतबार
इलाम-२ मा सुहाङलाई १००१ मतको अग्रता (अपडेट)
बैशाख १६, २०८१ आइतबार