अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
नेपालबहस संवाददाता
बैशाख १६, २०८१ आइतबार १५:५:५५
१६ वैशाख, पर्सा । पर्साको कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
रौतहट, कटहरिया नगरपालिका-२ छेदिचोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-९ बजार टोल बस्ने अटो चालक ४२ वर्षीय अनन्त बराइली र उनकै श्रीमती ३५ वर्षीय मन्जु बराइली रहेका छन् । अस्थायी प्रहरी पोष्ट छेदिचोकबाट खटिएको प्रहरीले प्र.२-०३-००१ ह ३१५ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
झापा, झापा गाउँपालिका-५ पन्थपाडास्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम र नगद ११ हजार रूपैयाँसहित झापा बाह्रदर्शी गाउँपालिका-४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ५६४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक जफिरलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, औरही गाउँपालिका-५ स्थित औरही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ३८ हजार २ सय २० रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिरहा सिरहा नगरपालिका-१५ बस्ने ३६ वर्षीय श्याम सुन्दर यादव र भारत घर भएका ३२ वर्षीय सुधिर कुमार ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले विआर ३२ एएफ ९३४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो ।
यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-४ मुरली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २२ वर्षीय अर्जुन बैठा र २१ वर्षीय ईन्द्रजीत भण्डारी रहेका छन् । प्रहरी चौकी हनुमाननगर र लागूऔषध नियन्त्रण ब्यूरो जनकपुरबाट खटिएको प्रहरीले ज.१० प १२८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-६ वैशाखबाटै अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ १ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने १९ वर्षीया दिक्षा लामिछाने र सोही उपमहानगरपालिका-२ मिलनचोक बस्ने १८ वर्षीया किशोरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहत्या गरेको अभियोगमा चार जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ
बैशाख ३०, २०८१ आइतबार
स्कुल बसमा आगजनीः तीन वटा मोटर साइकलमा आए, आगो लगाएर भागे
बैशाख ३०, २०८१ आइतबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
म्यानचेस्टर युनाइटेडमाथि आर्सनल १-० ले विजयी
बैशाख ३१, २०८१ सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै
बैशाख ३१, २०८१ सोमबार
दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ४७ रनले विजयी
बैशाख ३१, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख ३१, २०८१ सोमबार
चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
बैशाख ३१, २०८१ सोमबार