२०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार छुः प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १४:८:१८
४ जेष्ठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०४८ साल यताका सबै भ्रष्टाचारको छानविन गर्न आफू तयार रहेको बताएका छन् । उनले आफूले पनि २०४६ पछि प्रजातान्त्र पुनःस्थापना भएपछिका सबै भ्रष्टाचारको छानविनको दायरामा ल्याउन सबैको सहयोग आश्वयक रहने बताएका छन् । प्रधानमन्त्रीले तत्कालीन माओवादी शिविरमा कुनै भ्रष्टाचार नभएको पनि दावी गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको लडाकु शिविरमा भएको भ्रष्टाचारबारेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित भएको र फेरि पनि छानबिन गरेर दोषी ठहरिए आफू जेल जान तयार रहेको बताए ।
उनले कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए जेल आफू जान तयार रहेको बताए । उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताए ।
प्रचण्डले लडाकुलाई दिएको पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र भएको बताए । ’पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र हो । क्यान्टोनमेन्टको भौतिक पूर्वाधारको जिम्मा कसले लिए त्यसको रेकर्ड छ । त्यतिबेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महतले रुजु गरेपछि यो विषय पटाक्षेप भएको हो ।’
प्रधानमन्त्री प्रचण्डले यो राजनीतिक पूर्वाग्रहका हिसाबले अहिले उठाइएको भएको भन्दै पटक–पटक यो विषय राजनीतिक आग्रहको आधारमा उठाइएको बताए । त्यस्तो केही छ भने २०४८ सालदेखिको सबै भ्रष्टाचारका मुद्दामा छानबिन गर्न तयार छु भन्दै राजनीतिक तहमा संकल्प गरेर जाँदा छानबिन गर्न सकिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
अस्ट्रेलियासहित अन्य १० देशमा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार