नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीका लागि दलहरुको प्रदर्शन
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १६:५१:१८
४ जेठ, काठमाडौं । ‘भीआईपी’ समेत पक्राउ परेका नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै राजनीतिक दलहरुले सडक प्रदर्शन सुरु गरेका छन् । बिहीबार सत्तारुढ नेकपा (एकीकृत समाजवादी) र प्रतिपक्षी राप्रपाले काठमाडौंमा ब्यानर, प्लेकार्ड, भ्रष्टाचारविरोधी टिसर्टसहित प्रदर्शन गरेका हुन् ।
सार्वभौम नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौं ठगी गर्नेहरुलाई राज्विरुद्धको अपराध कसुरमा कारवाही गर्न प्रदर्शनकारीहरुले माग गरेका छन् । उनीहरुले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन गर्न र भ्रष्टाचारका ठूला काण्डमाथि छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न माग गरेका छन् ।
माइतीघर मण्डलमा एकीकृत समाजवादी र बसन्तपुरमा राप्रपाले विरोध पदर्शन गरे । प्रदर्शनमा सयौंले सहभागिता जनाएका छन् । नक्कली शरणार्थी प्रकरणमा हालसम्म १५ जना पक्राउ परिसकेका छन् । आजै मात्र गृहमन्त्रालयअन्तर्गतको हज समितिका अध्यक्ष शमसेर मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
यसअघि नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका सांसद एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सरकारका बहालवाला सचिप टेकनारायण पौडेललगायत १४ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरुविरुद्ध ठगी, संगठित अपराध, कीर्ते, भ्रष्टाचार लगायत कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकरणमा संलग्नताको आरोपमा सुरुमा गएको चैत १२ गते झापाका केशव दुलाल पक्राउ परेपछि बाँकी सबै तानिएका हुन् ।
आजै मात्र प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै नक्कली शरणार्थी प्रकरणमा ‘भीआईपी’हरु समेत पक्राउ परिसकेकाले छानबिन निष्पक्ष र तथ्यका आधारमा भइरहेको बुझ्न आग्रह गरेका छन् । दोषी कोहीपनि कारवाहीमा पर्नबाट नछुट्ने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार