नक्कली शरणार्थी अनुसन्धानमा मियाँलाई २ दिन हिरासतमा राखिने
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १८:३४:१०
४ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार पक्राउ परेका हज समितिका अध्यक्ष शमशेर मियालाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति दिएको छ ।
मियालाई प्रकरणमा अनुसन्धान गर्न म्याद थपका लागि आजै अदालत लगिएको थियो । २ दिन हिरासतमा राख्न अनुमति पाएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेले बताए ।
भुटानी शरणार्थी प्रकरणमा जोडिएका गिरोहसँग मियाको साँठगाँठ देखिएपछि पक्राउ गरिएको थियो । अनुसन्धानका क्रममा मियाँ चढ्ने सरकारी नम्बर प्लेटको सरकारी गाडीमा गिरोहले पैसा ओसारपसार गरेको खुलेको प्रहरीको दाबी छ ।
प्रकरणमा संलग्नताका आरोपमा प्रहरीले आजै मात्र भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई पक्राउ गरेको छ । उनलाई पनि २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट प्रहरीले अनुमति पाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल टेलिकमलाई सर्वोच्चको आदेशः व्यक्तिको सूचनामा अनधिकृत पहुँच नदिनु
पुष २२, २०८१ सोमबार
संक्रमणकालीन न्यायसम्बन्धी ऐन बदरको माग राखेर सर्वोच्चमा ४४ जनाले दिए रिट निवेदन
पुष २१, २०८१ आइतबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
आज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा आउनु सुखद होइनः बाबुराम भट्टराइ
पुष २३, २०८१ मंगलबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
कति छ आज तरकारी र फलफूलको मूल्य ?
पुष २३, २०८१ मंगलबार