बजेट अभावका कारण कैदीबन्दीलाई औषधी किन्न समस्या
नेपालबहस संवाददाता
जेठ ५, २०८० शुक्रबार १३:५५:७
५ जेठ, चितवन । कारागार कार्यालय भरतपुरमा बजेट अभावका कारण बिरामी कैदीबन्दीलाई औषधी किन्न समस्या भएपछि नेपाल औषधी तथा बिक्री प्रतिनिधि सङ्घ नारायणगढ इकाइले औषधी सहयोग गरेको छ । इकाइले विभिन्न ३१ प्रकारका औषधी आज कारागार प्रशासनलाई हस्तान्तरण गरेको हो ।
इकाइका अध्यक्ष धर्मदत्त दबाडीले कारागार प्रमुख कमल आचार्यलाई औषधी हस्तान्तरण गरेको हो । विगत एक महिना १५ दिनदेखि कारागार प्रशासनमा औषधीको अभाव हुँदै आएको समाचार प्रकाशन भएसँगै इकाइले रु एक लाख ५० हजार बराबरको औषधी हस्तान्तरण गरेको हो । दीर्घरोगी र अन्य बिरामीका लागि आवश्यक औषधिसमेत खरिद गर्न नसक्ने अवस्थामा कारागार प्रशासन पुगेको आचार्यले जानकारी दिए।
उनले भने, “अहिले बिरामीलाई औषधी पु¥याउन मुस्किल परेको छ ।” कारागार विभागले अघिल्लो वर्षको तुलनामा बजेट घटाएर पठाएपछि दीर्घरोगी र अन्यका लागि औषधीको अभाव भएको हो ।”
कारागारमा हाल ४७ जना महिला चार जना नाबालक/नाबालिकासहित सात सय ५६ जना कैदीबन्दी छन् । तिनीहरुमध्ये दुई सय हाराहारी दीर्घरोगी छन् । आचार्यका अनुसार उनीहरु उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मिर्गौल जस्ता दीर्घरोग भएकाहरु छन् । उनीहरुलाई नियमित औषधी खुवाउनुपर्ने हुन्छ ।
यसका अतिरिक्त समय समयमा कैदीबन्दी बिरामी पर्दा औषधी किन्नुपर्ने उनले बताए । उनका अनुसार कारागार विभागले औषधि उपचारका लागि चालु आर्थिक वर्षका लागि रु १२ लाख मात्रै बजेट पठाएको छ ।
अघिल्लो वर्ष रु २५ लाख पठाएको थियो । त्यसभन्दा अघिल्लो वर्ष रु ४८ लाख पठाएको जनाउँदै उनले बजेट घट्दै जाँदा कैदीबन्दीलाई औषधी खुवाउन नसक्ने अवस्थामा पुगेको बताए । आएको बजेटमा समेत आर्थिक मन्दीका कारण २० प्रतिशत कटौती भएको उनले जानकारी दिए ।
औषधीको चरम अभाव भएपछि रु १५ लाख माग गरेकामा रु दुई लाखमात्रै प्राप्त भएको आचार्यले जानकारी दिए । कारागारले जिल्ला स्वास्थ्य कार्यालय, भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखासँग समन्वय गरेर केही औषधी जुटाएको छ ।
कारागारमा रहेका आर्थिक अवस्था राम्रो भएकाले आफैँले औषधी किनेर खान थालेका छन् । विपन्नलाई औषधी खान समस्या परेको छ । उनका अनुसार सत्तरी प्रतिशत बिरामीको औषधी किनेर खाने क्षमता छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार