नवलपुरमा पुँजीगत खर्च १९ प्रतिशत मात्रै
नेपालबहस संवाददाता
जेठ ८, २०८० सोमबार १४:२२:१०
८ जेठ नवलपरासी । जिल्लाको (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्ष २०७९/८० को हालसम्मको पुँजीगत खर्च १९ प्रतिशत भएको छ । जिल्लामा संघतर्फको पुँजीगत खर्च १९ दशमलव ३७ प्रतिशतमात्रै भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी एवं कोष नियन्त्रक जितनारायण महतोले यस आर्थिक वर्षका लागि नवलपुरमा एकीकृत विनियोजन बजेट रू चार अर्ब ८२ करोड १६ लाख ७० हजार नौ सय २० रहेकामा जेठ ७ गतेसम्म रू ९३ करोड ४१ लाख ७३ हजार चार सय ५६ खर्च भएको जानकारी दिए । विकास बजेटको रुपमा रहेको पुँजीगत खर्च कम हुँदा समग्र जिल्लाको विकास निर्माणका गतिविधिमा प्रभाव पर्ने उहाँले बताउनुभयो ।
“पुँजीगत खर्च न्यून रहेपनि चालु खर्च भने ९१ प्रतिशत देखिएको छ । यस आवका लागि चालु खर्चअन्तर्गत रू छ अर्ब तीन करोड नौ लाख ५४ हजार दुई सय ३० विनियोजन भएकोमा हालसम्म रू पाँच अर्ब ५४ करोड ६८ लाख १४ हजार आठ सय ९८ खर्च भएको छ”, कोष नियन्त्रक महतोले भने ।कार्यालयबाट हुने तलब, भत्ता, अनुगमनलगायत शीर्षकका बजेट चालु खर्चमा रहने भएकाले चालु खर्च लक्ष्यअनुसार नै देखिएको उनको भनाइ थियो ।
जिल्लामा हालसम्म पुँजीगत खर्चतर्फ सबैभन्दा बढी खर्च गर्ने कार्यालय नारायणगढ बुटवल सडक योजना ९पूर्वी खण्ड० रहेको छ । महतोका अनुसार यस योजनाका लागि रू चार अर्ब ५९ करोड ९६ लाख २८ हजार बजेट विनियोजन भएकामा हालसम्म रू ८० करोड ८६ लाख ५५ हजार दुई सय ९४ खर्च भएको छ । “नारायणगढ–बुटवल सडक योजनाले अन्य कार्यालयले भन्दा बढी बजेट खर्च गरेको देखिए पनि योजनाको कुल बजेटको खर्च प्रतिशत निकाल्दा पुँजीगत खर्च न्यून नै छ”, उनले भने ।
त्यस्तै, सामाजिक सुरक्षातर्फ बौदीकाली गाउँपालिकाले रू चार करोड ७१ लाख ८३ हजार चार सय ५२, मध्यविन्दु नगरपालिकाले रू दुई करोड ५१ लाख खर्च गरेका छन् । महतोले २ नम्बर वन तथा पर्यावरण सुरक्षा गणले रू दुई करोड दुई लाख १६ हजार नौ सय २८ खर्च गरेको उल्लेख गर्दै अन्य कार्यालयहरुले गरेको खर्च रू एक करोड भन्दा न्यून रहेको जानकारी दिनुभयो । उहाँका अनुसार त्रिवेणी भन्सार कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ र कोष तथा लेखा नियन्त्रक कार्यालयले बजेट खर्च गर्न सकेका छैनन् ।
वैशाख मसान्तसम्म न्यून रहेको पुँजीगत खर्च जेठ लागेपछि बढेको महतोको भनाइ थियो । जेठको सात दिनमा मात्रै जिल्लामा रू २० लाख ९० हजार सात सय ८३ खर्च भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पुँजीगत खर्च बढ्ने बताए ।
जिल्लामा सङ्घीय सरकारबाट प्राप्त पुँजीगत बजेटको खर्च प्रतिशत भन्दा गण्डकी प्रदेशबाट प्राप्त भएको पुँजीगत बजेटको खर्च प्रतिशत दोब्बर देखिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयकाअनुसार यस आवको १० महिनामा गण्डकी प्रदेशबाट प्राप्त बजेटअन्तर्गत ३८ दशमलव ४८ प्रतिशत खर्च भएको छ । गण्डकी प्रदेशबाट नवलपुरका लागि यस आवमा पुँजीगततर्फ रू एक अर्ब ६६ करोड दुई लाख १५ हजार बजेट विनियोजन भएकोमा रू ६३ करोड ८८ लाख ७७ हजार खर्च भएको कोष नियन्त्रक महतोले जानकारी दिए ।
नवलपुरमा संघीय सरकारको मातहतमा रहने गरी २१ र गण्डकी प्रदेश सरकारको मातहतमा रहने गरी ११ कार्यालय तथा आठ स्थानीय तह छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार