ओम शान्ति ओम र दबंग २ अभिनेता नितेशको निधन
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार ११:४०:४१
१० जेठ, मुम्बई । भारतीय टेलिभिजन तथा फिल्म अभिनेता नितेश पाण्डेको हृदयघातका कारण ५१ वर्षको उमेरमा निधन भएको छ । फिल्म ‘ओम शान्ति ओम’ र ‘दबंग २’ तथा टेलिसिरियल ‘अनुपमा’का अभिनेता नितेशको मंगलबार राती नासिकको इगतपुरीमा हृदयघात भएको थियो । जहाँ उनी सुटिङका लागि आएका थिए ।
नितेश ‘अनुपमा’मा धिरज कपुरको चरित्रमा थिए । नितेका निर्माता जेठान सिद्धार्थ नागरले उनको निधनको पुष्टि गरेका छन् । ‘हो तपाईंले सही सुन्नुभयो । मेरो ज्वाई रहेनन् । मेरी बहिनी अर्पिता पाण्डे शोकमा छन् । नितेशका पिता उनको पार्थिव शरीर लिनका लागि इगतपुरी गएका छन् । उहाँ दिउँसोसम्म यहाँ आइपुग्नुहुनेछ । हामी साँच्चै शुन्य भयौं । अर्पिताले अहिले कसैसँग कुरा गर्न चाहेकी छैनन्’, सिद्धार्थले भनेका छन् ।
नितेशको यसअघि अश्विनी कालसेकरसँग विवाह भएको थियो । जसले अहिले मुरली शर्मासँग विवाह गरेकी छन् । फिल्म ‘ओम शान्ति ओम’मा उनले शाहरुखको सहायकको भूमिका निर्वाह गरेका थिए । उनले ‘खोसला का घोसला’मा पनि अभिनय गरेका थिए । हाल उनी ‘इण्डियावाली माँ’ र ‘अनुपमा’मा व्यस्त थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशाहरूखको घरमा पनि सदिंग्ध ब्यक्ति घुस्ने प्रयास तर असफल
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
माघ ४, २०८१ शुक्रबार
छुरा प्रहारबाट घाइते बलिउड अभिनेता खान खतरामुक्त : चिकित्सक
माघ ३, २०८१ बिहिबार
काठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
माघ ५, २०८१ शनिबार
रास्वपामा लफडा, मुकुललाई पार्टीमा फर्काउन खोज्ने कोशी प्रदेश सभापति निलम्बित
माघ ४, २०८१ शुक्रबार
प्रचण्ड पुग्दा किन खुलेन क्रिकेट रंगशालाको गेट ?
माघ ५, २०८१ शनिबार
मन्त्री लेखक र दाहालद्वारा महाकालीमा निमार्णाधीन पुलको निरीक्षण
माघ ५, २०८१ शनिबार
कलकत्ताको अस्पतालमा चिकित्सकको बलात्कारपछि हत्या गरेको घट्नामा रोय दोषी ठहर
माघ ५, २०८१ शनिबार
इरानको सर्वोच्च अदालतमा दुई न्यायाधीशको गोली हानी हत्या
माघ ५, २०८१ शनिबार
समाजवादी मोर्चासँग सहकार्य नगर्ने पक्षमा देखिए उपेन्द्र
माघ ५, २०८१ शनिबार
प्रचण्ड पुग्दा किन खुलेन क्रिकेट रंगशालाको गेट ?
माघ ५, २०८१ शनिबार