छुट्टाछुट्टै दुई स्थानमा बीस लाख बराबरको चोरी
इन्द्र रिजाल
चैत २७, २०७५ बुधबार १५:३४:५९
गौशाला । महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा गए राति रु २० लाख बराबरको चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिल्लाको भङ्गहा नगरपालिका–७ स्थित जीतेन्द्र साहले सञ्चालन गरेको श्री हनुमान ज्वेलर्सबाट रु ११ लाखको गरगहना चोरी भएको छ ।
चोरले सो ज्वेलर्समा लगाइएको ताल्चा काटेर फलामको रडको सहयोगमा पसलको सटर बाङ्गो पारेर पसलमा रहेको रु छ लाख पर्ने सुनको विभिन्न गरगहना १० तोला र रु चार लाखको सात किलो चाँदी गरी रु ११ लाखको चोरी गरेको छ ।
त्यस्तै गए राति नै जिल्लाको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुरामा एक समूहले स्थानीयवासी लक्ष्मीनारायण शर्माको घरको छतबाट घरभित्र पसी लाखौँको चोरी गरेका छन् ।
चोरहरुले शर्माको घरभित्र रहेको रु छ लाख पर्ने सुनका गरगहना १० तोला, ३५ तोला चाँदी विभिन्न सामान र दराजभित्र रहेको नगद रु ३५ हजार तथा अन्य सामान चोरी गरी लगेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
बुधबार बिहान जिल्लाको दुई स्थानमा चोरीको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तथा अन्य इलाका प्रहरी र प्रहरी चौकीबाट ती स्थानमा चोरको खोजतलास गर्न व्यापक रूपमा प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
विषादी सेवनबाट महिलाको मृत्यु
महोत्तरीको सोनमा गाउँपालिका–७ मा गए राति विषादी सेवनबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनमा गाउँपालिका–७ बस्ने हरिनारायण साहकी पत्नी ६० वर्षीया सिकिलादेवी साह रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
साहले खेतबारीमा किरा मार्न प्रयोग गर्ने थाइमेट नामक विषादी सेवन गरेपछि उनको अवस्था सिकिस्त भएर परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा गए राति करीब ८ बजे उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साहले के–कति कारणले विषादी सेवन गरेको भन्ने खुलेको छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदिल्ली बसेर अमेरिका र क्यानडा पठाउँछु भन्दै मानव तस्करी गर्ने गिरोहले ७ करोड ५० लाख ठगे
बैशाख ३१, २०८१ सोमबार
सुन तस्करी सम्बन्धी गृहले बनाएको समितिको जिष्ट प्रतिवेदन,१० जनालाई कारबाही गर्न सुझाव
बैशाख २५, २०८१ मंगलबार
झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद
बैशाख १९, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार