ज्यान दाउमा राखेर भ्रष्टाचारविरोधी आन्दोलनमा होमिएको छुः प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ १३, २०८० शनिबार १३:१:५६
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचार विरुद्धको लडाइँमा हाम फालेको बताएका छन् । उनले यो अभियानमा विरोधीले कुन बेला सिध्याउने हुन भन्ने पत्तो नभएको भन्दै ज्यान जोखिममा राखेर हाम फलेको बताएका छन् ।
प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारणसभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले यो लडाइँ पनि जनयुद्ध जस्तै कति बेला घेराबन्दीमा परिने हो कति बेला दुस्मनबाट मारिने हो भन्ने ठेगान नभएको बताएका हुन् ।
प्रचण्डले केही समयभित्र भ्रष्टाचार विरुद्ध ठूल–ठूला एक्सन हुन लागेको दाबी गरे । उनले जनताले अब भ्रष्टाचार र बेथिति विरुद्धको आन्दोलनमा आफूहरूलाई साथ दिने बताए ।
उनले भने, ’१० वर्षे जनयुद्धमा को कति बेला मारिने हो अत्तोपत्तो नहुनेगरी जसरी हाम फालेका थियौँ, त्यसै गरी अहिले पनि हामी भ्रष्टाचार र बेथिति विरुद्ध हाम फालिसकेका छौँ । हामीलाई विरोधीले कति बेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी विचार र वर्गका निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौँ, त्यसै गरी अहिले पनि हामी त्यही संकल्पका साथ लागेको छौँ ।’
उनले केही समयमै भ्रष्टाचार विरुद्ध ठूला कारबाही हुने पनि बताए । तर कुन भ्रष्टाचार कस्तो कारबाही हो भन्ने भने उनले खुलाएनन् । ’केही समयभित्रै ठूला–ठूला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठूलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौँ,’ उनले भने ।
प्रधानमन्त्री दाहालले संसदीय राजनीतिमा विचार र निष्ठाले भन्दा पनि संख्याले काम गर्ने बताए । उनले भने, ’संसदीय राजनीतिमा सबै संख्याको खेल हुने रहेछ । यो कम्युनिस्टको सभा रहेनछ । विचारले होइन संख्या र टाउकोले भूमिका निर्वाह गर्ने रहेछ । देशको नेतृत्व लिने संख्यामा हाम्रा टाउका छैनन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडुबन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार