संघीय संसदको संयुक्त बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार ८:२५:३
१४ जेठ, काठमाडौं । आज संघीय संसदको संयुक्त बैठक बस्दैछ । संघीय संसद अन्तरगतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ ।
आजको बैठकमा ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्ताव’ हुनेछ । उक्त प्रस्ताव संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदाका सभापति ध्रुबबहादुर प्रधानले प्रस्तुत गर्नेछन् ।
सो मस्यौदा प्रतिवेदन माथि प्राप्त संशाेधनहरुलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरे पछि सभापति प्रधानले सो प्रस्तावलाई निर्णयाथ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
यस्तै प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आव २०७९÷०८० को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
सरकारले आगामी आवको बजेट पेस गर्नु पूर्व चालु आर्थिक नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएका कुरा के कति कार्यान्वयन भए कस्ता कस्ता चुनौती सामना गर्नु पर्यो जस्ता समग्र विषयवस्तु समेटेर आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने परम्परा रहेको छ ।
नेपालको संविधानमा व्यवस्था भएअनुरुप सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते (भोलि) प्रस्तुत गर्ने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष थारू आयोगको प्रतिवेदन पेस
असोज २१, २०८१ सोमबार
जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सदस्यमा निर्वाचित
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
नोबेल जित्नु ‘भूकम्प’ जस्तै– रुभ्कन
असोज २१, २०८१ सोमबार
पदयात्राका क्रममा पोल्याण्डका नागरिकको मृत्यु
असोज २२, २०८१ मंगलबार
सुन तोलामा ४ सयले घट्यो
असोज २२, २०८१ मंगलबार
फिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को पहिलो पोस्टर सार्वजनिक
असोज २२, २०८१ मंगलबार
भारतद्वारा बाढी पहिरोले प्रभावितका लागि आपत्कालीन राहत सामग्री हस्तान्तरण
असोज २२, २०८१ मंगलबार
बलिउड अभिनेता हाशमी सुटिङका क्रममा गम्भिर घाइते
असोज २२, २०८१ मंगलबार