प्रतिनिधिसभाको अर्को बैठक सोमबार साँझ ६ बजे
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १४:३५:४६
१४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार ६ बजे बस्ने भएको छ । आइतबार बसेको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आर्थिक सर्वेक्षण २०८०’ र ‘सार्वजनिक संस्थानको वार्षिक प्रतिवेदन २०७९/८०’ संसदमा पेस गरेका थिए ।
पेस भएसँगै सभामुख देवराज घिमिरेले अर्को बैठक जेठ १५ गते बेलुका ६ बजे बस्ने गरी स्थगित भएको जानकारी दिए । भोलिको बैठकमा सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट घोषणा गर्ने कार्यक्रम छ । हरेक वर्ष जेठ १५ मा सरकारले आगाममी वर्षका लागि आफ्नो बजेट घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यसअघि आजै प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक पनि बसेको थियो । बैठकले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसंचालन) नियमावली २०८०’ पारित गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सरिक
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार
खराब मौसमका कारण भोलि बिहानसम्म आन्तरिक सबै उडान स्थगित
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
कठिन समयमा जनसेवामा जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन
असोज ११, २०८१ शुक्रबार
प्रधानसेनापतिले लिए लेबनान र सिरियामा रहेका नेपाली शान्ति सेनाको अवस्थाबारे जानकारी
असोज ११, २०८१ शुक्रबार