जम्मु बस दुर्घटनामा परी १० जनाको मृत्यु, ५५ घाइते
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १४:२२:६
१६ जेठ, जम्मु कश्मीर । जम्मू–श्रीनगर राष्ट्रिय राजमार्गमा आज बिहान एउटा बस गहिरो खाडलमा खस्दा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब ५५ जना घाइते भएका छन् । शवहरू शल्य परीक्षणका निम्ति अस्पताल पठाइएका छन् ।
सरकारी अधिकारीहरूका अनुसार बस अमृतसरबाट कटरातर्फ गइरहेको थियो । घाइते सबै यात्रीलाई उद्धार गरिएको जम्मुका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) चन्दन कोहलीले बताएका छन् । त्यहाँ उद्धारका काम पनि पूरा भएको छ । सबै घाइतेलाई अस्पताल पुर्याइएको छ । उद्धारमा अर्धसैनिक टोली र राज्य विपद् प्रतिक्रिया विभागका कर्मचारीले प्रहरीलाई सघाएका थिए ।
बसले क्षमताभन्दा बढी यात्री बोकेको प्रहरीले बताएको छ । त्यससम्बन्धमा अनुसन्धान गरिने एसएसपी कोहलीले बताए । बसमा विहार राज्यबाट आएका यात्रीका साथै अमृतसरका मानिस पनि सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार