पाेखरा महानगरकाे माहुरी पकेट क्षेत्रका कृषकलाई घार वितरण
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १५:८:५६
१६ जेठ, पोखरा । पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा माहुरीका घार वितरण गर्न थालेको छ । ‘एक वडा, एक पकेट’ कार्यक्रमअन्तर्गत महानगरपालिकाले घार वितरण गर्न लागेको हो ।
पोखरा–१६, २०, २८ र ३० वडालाई माहुरी पकेट क्षेत्रका रुपमा अघि बढाउँदै ५० प्रतिशत अनुदानमा माहुरीका घार वितरण गर्न लागिएको कृषि महाशाखाप्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । कृषकलाई करिब रु एक करोड बराबरको माहुरीका घार ५० प्रतिशत अनुदानमा कृषकलाई उपलब्ध गराइने र त्योसँगै सूर्यमुखी फूलको बीउ, टोपी, स्टेन्ड आदि पनि वितरण गरिने उनले बताए ।
यसैबीच, पोखरा–२० को कार्यालयले ६४ किसानलाई माहुरीको घार वितरण गरेको छ । पोखरा–२० भलाममा आयोजित एक कार्यक्रमबीच वडा अध्यक्ष गङ्गाबहादुर केसी र पोखरा महानगरपालिका कृषि शाखा प्रमुख मनोहर कडरियाले संयुक्त रुपमा किसानलाई माहुरीको घार वितरण गरेका हुन् ।
वडाअध्यक्ष केसीले किसानलाई समस्या परेमा तत्काल प्राविधिक सहयोग उपलब्ध गराइने उल्लेख गर्दै उत्पादित महको बजार व्यवस्थापनको जिम्मा वडा कार्यालयले लिने विश्वास व्यक्त गरे ।
कृषि महाशाखाप्रमुख कडरियाले दुई–चार पैसाको लोभमा बाहिरी जिल्लाबाट ल्याइएका माहुरी खरीद नगर्न अनुरोध गर्दै त्यसरी खरीद गरिएका माहुरीको हावापानी नमिल्ने भएको हुँदा माहुरी मारेर क्षति हुनसक्ने बताउनुभयो । पोखराको हावापानी सुहाउँदो माहुरी पाल्न सजिलो होस् भनेर कृषि महाशाखाले पोखराकै किसानद्वारा उत्पादित माहुरी घार वितरणमा जोड दिएको छ ।
–––
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
बजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार