योजना थिएन, बाध्य भएर सांसदलाई पैसा दिनुपर्योः प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १५:५३:२०
१६ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाध्य भएर सांसदका लागि रकम परेको बताएका छन् । उनले सांसद् विकास कोषका लागि बजेटमार्फत् रकम छुट्याउनु आफ्नो योजना नभएर बाध्यता रहेको बताएका छन् । मंगलबार सिंहदरबारस्थित नेकपा माओवादी संसदीय दलको बैठकमा प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सन्तुलित रहेको बताए । माओवादीका सांसदहरूलाई बजेटको बचाउ गर्न पनि उनले निर्देशन दिएको एक सांसदले बताए । सोमबार प्रस्तुत भएको बजेटमा सांसद विकास कोषका लागि बजेट छुट्याइएपछि आलोचना भइरहँदा यसबारे प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रतिक्रिया दिएका हुन् ।
उनका अनुसार सांसद विकास कोष हाम्रो योजना होइन तर बाध्यता भयो, तर यसलाई कार्यविधि बनाएर व्यवस्थित गरिने प्रधानमन्त्रीले बताएका थिए । यसका लागि सबैतिरबाट दबाब आएको प्रधानमन्त्रीको भनाइ थियो । तर दबाब कसले दिएको भनी किटान गरेका थिएनन् । यसलाई कार्यविधि बनाएर लैजाने उनको भनाइ थियो ।
ती सांसदका अनुसार प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणको क्रममा सरकार ढले पनि आफूले सम्झौता नगर्ने बताएका थिए । यसैबीच प्रधानमन्त्री दाहालले भारत भ्रमणको क्रममा सकेजति राम्रो गर्ने र यसमा सकारात्मक सम्भावना रहेको बताएका थिए । भ्रमणबाट राम्रो सन्देश जाने गरी तयारी गरेको पनि उनको भनाइ थियो ।
बैठकमा योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र सदस्य रामप्रसाद फुयाल पनि सहभागी थिए । बैठकमा बजेटबारे कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको प्राथमिकताः गोलीगठ्ठा उत्पादनमा स्वदेशमै आत्मनिर्भर
जेठ १, २०८१ मंगलबार
प्रधानमन्त्री छोरी कार्यक्रम सुन्दा हाँसे सांसद
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएल : सनराइजर्स हैदरावाद प्लेअफमा
जेठ ४, २०८१ शुक्रबार
प्रतिनिधिसभाको बैठक आज बस्दै
जेठ ४, २०८१ शुक्रबार
कांग्रेस संसदीय दलको बैठक बस्दै, सदनमा प्रस्तुत हुन रणनीति बनाइने
जेठ ४, २०८१ शुक्रबार
आगामी दुई दिन अत्यधिक गर्मी बढ्ने, तराईमा तातो हावा चल्ने
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
यी ठाउँमा हावाहुरीसहित हल्का वर्षाको सम्भावना
जेठ ४, २०८१ शुक्रबार