काठमाडौंका ६८ अस्पतालले लुकाए उपचारमा छुटसम्बन्धी विवरण, महानगरले दियो यस्तो चेतावनी
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार ११:५०:४८
१७ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले बिरामीलाई दिन तोकिएको सुविधा नदिने ६८ अस्पतालको प्रशासन बन्द गराउने भएको छ ।
महानगरका मेयर बालेन शाहले ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७’ र प्रचलित स्वास्थ्यसम्बन्धी कानुन अनुसार विपन्न एवं लक्षित वर्गलाई दिनुपर्ने कुल शैय्याको १० प्रतिशत छुट्याई निःशुल्क उपचार सुविधा नदिएको पाइएपछि अस्पतालको प्रशासन बन्द गराउने चेतावनी दिएका छन् ।
बुधबार सामाजिक संजालमा स्टाटल लेख्दै साहले निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गराउन आफूले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नतेसँग मंगलबार भेट गरी विपन्न र लक्षित वर्गलाई कानुने दिएको निःशुल्क उपचार र स्वास्थ्यसम्बन्धी छुट दिलाउन ध्यानाकर्षण गराइसकेको स्मरण गराएका छन् ।
सुविधा कार्यान्वयन गराउनेबारे महानगरले २०८० जेठ ६ गते सार्वजनिक सूचना जारी गरिसकेको छ । सोही बमोजिम छुट सुविधाबारे विवरण माग गर्द ६८ अस्पतालले विवरण लुकााएको जनाउँदै मन्त्रालयले उक्त अस्पताललाई ७ दिनभित्र कारवाहीको दायरामा नल्याए महानगरले नै अस्पतालको प्रशासन बन्द गर्ने स्पष्ट पारेका छन् ।
महानगरले विवरण लुकाउने अस्पतालहरूकाे नाम छिट्टै सार्वजनिक गरिने भएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
'कान्स फिल्म फेस्टिभल'मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
जेठ १, २०८१ मंगलबार
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार