कांग्रेसकाे तेस्रो पुस्ताका नेताबाट सुरु भएको रुपान्तरण अभियान गुटविहिन र प्रभावकारी बन्दै
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १३:४९:३४
१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसको तेस्रो पुस्ताका नेताबाट सुरु भएको पार्टी रुपान्तरण अभियान प्रभावकारी बन्दै गएको छ । रुपान्तरण अभियान सुरु गर्ने नेताहरु प्रायः कोइराला समूहका भएपनि अहिले देउवा समूहका नेता तथा कार्यकर्ताहरुको पनि उपस्थिति बढ्दै गएको छ । नेताहरुले रुपान्तरण अभियान कुनै गृटगत नभएर गुट निरपेक्ष कांग्रेसको अभियान भएको दावी गरेका छन् ।
सुरुमा केही नेताहरु मात्र अभियानमा लागेका थिए । अहिले यो संख्या बढ्दै गएको छ । कांग्रेसको दुबै समूहका नेताहरु अभियानमा संलग्न हुन थालेका छन् । उनीहरुले एकचरण सात प्रदेशमा केही नेताहरु भेला गराएर कार्यक्रम सुरु गरेका थिए भने अहिले प्रदेश स्तरमै बाक्लो उपस्थिति हुन थालेको छ । रुपान्तरण अभियानले मंगलबार बाग्मती प्रदेश स्तरीय भेलाको आयोजना गरको थियो ।
भेलामा देउवा समूह भनेर चिनिएका नेता तथा कार्यकर्ताहरुको पनि बाक्लो उपस्थिति देखिएको थियो । अघिल्लाे बुधबार अभियानले मधेश प्रदेशको जनकपुरमा प्रदेश स्तरीय भेला राखेको थियाे । प्रदेश स्तरमा नेता कार्यकर्ता भेला सकेर उनीहरुले जनतालाई भेला गराएर कांग्रेस रुपान्तरण अभियानको उदेश्य, कांग्रेसका आगामी कार्यक्रम र नीतिबारे जानकारी गराउने बताएका छन् ।
अभियानमा लागेका नेताहरुले नेपाली कांग्रेसलाई सशक्त, लोकप्रिय र गतिशील पार्टी बनाउन पार्टी सबै सदस्यहरुको कर्तव्य र दायित्व भएको बताएका छन् । यही कुरालाई आत्मसाथ गर्दै नेपाली कांग्रेस रुपान्तरण अभियान मेचीदेखि महाकालीसम्म गरिने उनीहरुको भनाइ छ । अभियान गुट निरपेक्ष अभियान भएकोले यो कसैलाई कमजाेर बनाउने र कसैको जय जयकार गर्ने तथा निश्चित समुहको स्वार्थ र हितमा काम गर्ने अभियान नभएर सिंगो पार्टीलाई बलियो बनाउने र पार्टीकै चिन्ता चासोले पार्टी हितमा प्रारम्भ गरिएको अभियान भएको नेताहरु बताउँछन् ।
कांग्रेस पार्टीले आजकै अवस्थामा अगाडि देखिएका चुनौतिहरुको चिरफार गरेर खरो रुपमा उत्रन नसक्ने र पार्टी यथास्थितिमै रमाउने कि ब्यापक रुपमा परिवर्तन गर्ने, गल्तीहरुको पुनराबृति कि सुधारको यात्रा तय गर्ने ? सत्ता स्वार्थमा मात्रै रोमान्चित हुने कि जनताका सानासाना दुखः पीडाहरुमा मलम लगाउन अग्रसर हुने ? पार्टीलाई केही व्यक्ति, गुट, स्वार्थ समुहले परम्परावादी रुपमा संचालन गर्ने कि, कांग्रेसमा आमूल रुपान्तरण गर्ने ? यी विषयहरु अहिले कांग्रेस भित्र गम्भीर रुपमा खडा भएको अभियानमा संलग्न नेताहरुको भनाइ छ ।
उनीहरुकै भनाइमा अब कांग्रेस यथास्थिति, गुटबन्दी,परम्परावादी, व्यक्तिवादी र सत्तावादी भएर चल्न सक्दैन । पार्टीमा तत्काल परिवर्तनको आवश्यकता छ भनेर युवा नेताहरुको पहलमा नेपाली कांग्रेस रुपान्तरण अभियान प्रारम्भ भएको हो । यो अभियानले समग्रमा नेपाली कांग्रेसलाई बलियो, सशक्त र सुद्दृढ बनाउनुका साथै रुपान्तरण अभियानले पार्टीमा नयाँ आशा, कार्यकर्तामा नयाँ भरोसा र आम जनतामा नयाँ विश्वास जगाउने उनीहरु बताउँछन् ।
मंगलबारको बाग्मती प्रदेश स्तरीय भेलामा केन्द्रीय सदस्य मधु आचार्य, प्रकाश स्नेही, अजयबाबु शिवाकोटी, नेताहरू गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, देवराज चालिसे, राजेन्द्र अमात्य, रमेश धमला, रामनाथ अधिकारि, बसन्त गौतम, ऋषिराम घिमिरे, विष्णुदेवी पाण्डे, बिजुला बर्मा, इन्द्र रिजाल, भुपेन्द्र थापा, विकास लामा, जितनारायण श्रेष्ठ, अमिता प्रधान, बंशीलाल तामाङ, उज्वल बराल, इन्दिरा न्यौपाने, लक्ष्मी थापा, संख्या पोख्रेल, देबकी गौतम, विनोद कायस्थ, धर्मेन्द्र नेम्वाङ, सुवास लोहनी, सुवास पोखरेल, सरु बानिया, ज्ञानु तिमिल्सिना लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
सामूहिक कृषिमा महिलाको आकर्षण बढ्दो
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार