मुगुका ज्येष्ठ नागरिकले अस्पतालमा पाएनन् छुट
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १२:१९:३३
♦ खड्क सुनार
१८ जेठ, मुगु । ज्येष्ठ नागरिकसम्बन्धी ऐनअनुसार ६० वर्ष पूरा गरेकाहरूलाई ज्येष्ठ नागरिक मानिन्छ । २०७८ सालको जनगणनाअनुसार यो उमेरका नागरिक नेपालको कुल जनसङ्ख्याको १०।२१ प्रतिशत छन् । सरकारले ज्येष्ठ नागरिक अस्पताल यातायातमा छुट दिइएको छ । तर, मुगुका ज्येष्ठ नागरिकले त्यो सेवा पाएका छैनन् ।
छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडाका ७२ वर्षीया देवीदास रावल श्रीमतीलाई पेट सुनिने समस्या देखिएपछि उपचारको लागि जिल्ला अस्पताल ठिनिमा पुगे । सरकारले ज्येष्ठ नागरिकलाई दिने उपचारमा छुटको सुविधा नपाएको गुनासो गरे ।
निःशुल्क उपचारको अपेक्षा गरेका मुगुका ज्येष्ठ नागरिक अस्पतालमा पुगेपछि कुनै पनि सेवा निःशुल्क नपाएको बताएका छन् । आर्थिक अवस्था न्यून भएका मुगुका नागरिकलाई सधैँ रोग र भोगले पिरोलि रहने गरेको छ । ‘श्रीमानको उपचार गर्दै गर्दा हजारौं रुपैयाँ सकियो । उपचार पनि भएको छैन । श्रीमान अब भगवानको भरोसा मात्र भएका छन्,’ छायाँनाथ रारा नगरपालिका वडा नं ४ का धर्मदेवी भामको भनाइ छ ।
उनी मात्र होइन निस्शुल्क उपचार पाउने विश्वासले अस्पताल पुग्ने ज्येष्ठ नागरिकहरु उपचारका लागि शुल्क तिर्न बाध्य छन् । सरकारले ज्येष्ठ नागरिक र अति विपन्नलाई निःशुल्क उपचारको घोषणा गरेपनि जिल्ला अस्पताल मुगुले भने सरल सेवामा अंकुश लगाएको स्थानीयको भनाइ छ ।
विभिन्न कागजात मागेर झन्झट दिने र उपचार सेवाबाट बन्चित गराइएको ज्येष्ठ नागरिकको गुनासो छ । जिल्ला अस्पताल मुगुमा ज्येष्ठ नागरिक र लक्षित वर्गलाई दुई प्रकारको बजेट आएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निशुःल्क गर्ने र ६० वर्ष देखि ६९ वर्षका नागरिक लाई परिचय पत्रको आधारमा ५० , ७० वर्ष देखि ७९ वर्ष लाई ७५ प्रतिशत र ८० वर्ष वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक लाई शत प्रतिशत उपचार दिएको स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख कमल ढुंगानाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार