नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध सर्वोच्चमा रिट
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १३:१२:३४
१८ जेठ, काठमाडौं । राष्ट्रपतिले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरण विरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी लगायतले बिहीबार नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणको विरुद्ध रिट पेस गरेका हुन् ।
रिट निवेदन दर्ताको प्रक्रियामा रहेको छ । रिटमा राष्ट्रपतिको कदम खारेज गरी नागरिकतासम्बन्धी कानुन संसदीय प्रक्रियाअनुसार बनाउन माग गरिएको छ ।
वरिष्ठ अधिवक्ता भण्डारीका अनुसार राष्ट्रपतिबाट प्रमाणीकरण भएको विधेयकलाई तत्काल ऐनको अंग नबनाउन माग भएको हो । उनले राष्ट्रपतिबाट हिजो प्रमाणीकरण भएको विधेयकलाई ऐनको अंग नबनाइ पाऊँ भनेर माग गर्दै कार्यान्वयन नगर्न अन्तरिम आदेशसमेत माग गरिएको बताए ।
नागरिकता विधेयकसम्बन्धी समस्यालाई अध्ययन गरी दीर्घकालीन समाधान गर्नु भन्ने आदेश माग गरिएको उनले जानकारी दिए । नागरिकताको विषय दीर्घकालीन समस्या भएकाले संसदबाटै ऐन बनाउनुपर्ने भन्दै उनले यसको समस्या के हो र कहाँ कहाँ समस्या छ र समाधानका उपाय के के हुन् भन्ने अध्ययन गरी संसदलाई कानुन बनाउनु भन्ने आदेश मागेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार