नक्कली शरणार्थी प्रकरणमा १५ अभियुक्तको बयान सकियो, खाण र रिजालकाे भाेलि
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १८:४९:२
१८ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाण, टोपबहादुर रायमाझीसहित १८ मध्ये १५ जना अभियुक्तको काठमाडौं जिल्ला अदालतमा बयान सकिएको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अदालतका कर्मचारीले उनीहरुलाई बयान लिएका थिए । बिहीबार एमाले सांसद समेत रहेका अभियुत्त, टोपबहादुर रायमाझी, पूर्वासभासद आङटावा शेर्पा र हज कमिटीका अध्यक्ष शमसेर मियाँको बयान लिइएको थियो ।
भोलि शुक्रबार पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य अभियुक्त बालकृष्ण खाण र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको बयान हुने जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले बताए । पक्राउ परेका सबैको बयान सकिएपछि थुनछेक बहस हुने उनले बताए ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने प्रलोभनमा पारेर सयौं जनाबाट रकम असुल गरेको प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरिएको छ । सबै जनाविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर र लिखित कीर्ते कसुरमा मुद्दा चलाइएको छ ।
प्रकरणमा फरार रहेका ललितपुरका हरिभक्त महर्जनले भने आजै मात्र अदालतमा आफैं उपस्थित भएर आत्मसमर्पण गरेका छन् । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । उनकी पत्नी लक्ष्मी यसअघि नै पक्राउ परी अदालतमा बयान समेत सकिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमन्त्री लामिछानेविरुद्ध दिएको रिट सर्वोच्चले दर्ता गरेन
बैशाख १४, २०८१ शुक्रबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा आज दुई खेल हुँदै
बैशाख १५, २०८१ शनिबार
आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
बैशाख १५, २०८१ शनिबार
इलाम-२ र बझाङमा मतदान शुरु
बैशाख १५, २०८१ शनिबार
आजको मौसम : हावाहुरी र चट्याङसहित वर्षाको सम्भावना
बैशाख १५, २०८१ शनिबार
दैनिक भिन्डीको पानी पिउदा अचम्मका फाइदाहरु
बैशाख १५, २०८१ शनिबार
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु
बैशाख १५, २०८१ शनिबार