काठमाडौंको तापक्रम ३२ डिग्रीसम्म पुग्ने, तराइको जनजीवन गर्मीले प्रभावित
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार ८:८:४
१९ जेठ, काठमाडौं । केही दिन यता काठमाडौंसहित देशभरको तापक्रम बढिरहेको छ । काठमाडौंमा आज दिउँसो तापक्रम बढेर ३२ डिग्री सेल्सियससम्म पुग्नेछ । तराईमा अधिक गर्मीले गर्दा जनजीवन प्रभावित भइरहेको छ । गर्मीका कारण विद्यालयहरूमा बालबालिका बेहोस हुने, ज्वरो आउने,पेट दुख्ने लगायतका बिरामी बढ्न थालेका छन् ।
केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ । निरन्तर बढ्ने क्रममा रहेको छ । आज काठमाडौंका ३० देखि ३२ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने सम्भावना रहेको मौसमविद्को अनुमान छ ।
तराईका जनकपुर, सिमरा र भैरहवा क्षेत्रमा १ डिग्रीसम्म तापक्रम पुग्ने सम्भावना रहेको छ । जनकपुर, सिमरा र भैरहवालगायत क्षेत्रमा ४० डिग्रीसम्म तापक्रम पुगिसकेको छ । आज ४१ डिग्रीसम्म पुग्ने सम्भावना रहेको छ । अझै केही दिन तापक्रम बढ्ने देखिन्छ ।
काठमाडौंमा पनि तापक्रम बढ्ने क्रममा रहेको र पानी नपर्दासम्म यस्तै अवस्था रहने र काठमाडौंमा कम्तीमा तीन दिन अझै वर्षाको सम्भावना नरहेको र देशका केही भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागकोे भनाइ छ ।
पछिल्लो केही दिनदेखिको अत्याधिक घामसँगै बढेको गर्मीले सिरहा सहित मधेश प्रदेशको जनजीवन कष्टकर बनेको छ । करिब एकसाता देखि अत्याधिक रुपमा बढेको गर्मीका कारण जिल्लाको सिरहा, लाहान, गोलजार र मिर्चैया सहित मधेश प्रदेशकै जनजीवन प्रभावित भएको हो ।
अत्याधिक गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्नसक्ने भन्दै लहान नगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने भएका छन् । नगरपालिकाले बिहीबार सूचना जारी गर्दै गर्मीको कारणले बालबालिकामा प्रतिकुल असर पर्ने भन्दै आज जेठ १९ गतेदेखि २६ जेठसम्म एक साताको लागि सवै विद्यालयहरु बन्द गर्ने निर्णय गरेका हुन् ।
नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा निकालिएको सूचनामा बर्खे बिदाबाट कट्टा हुने गरी नगर क्षेत्रका बाल विकासदेखि १२ कक्षासम्म पढाइ हुँदै आएका सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द उल्लेख गरेको छ ।
गर्मीका कारण विद्यालयहरूमा बालबालिका बेहोस हुने, ज्वरो आउने,पेट दुख्ने लगायतको लक्षणहरुको क्रम बढेपछि केही दिनका लागि नगरपालिकाले विद्यालय बन्द गर्न लागेको हो । पछिल्लो केही दिनदेखि बढ्दै गएको गर्मीको कारणले जनजीवन कष्टकर बन्दै गएको छ । बिहान सबेरैदेखि ३० डिग्री भन्दा बढीबाट सुरु हुने गर्मी मध्याह्नसम्म ४६ डिग्री सेल्सियस तापक्रम भन्दा माथि हुँदा दैनिक जनजीवन समेत प्रभावित हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश
बैशाख ३०, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार