समिट लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार ११:३०:५४
२१ जेठ, काठमाडौँ । समिट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । यस संस्थाले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ जेठ २२ गते बुक क्लोज गर्दै छ ।
यस कम्पनीले प्रस्ताव गरेको लाभांश हात पार्न आजै सेयर खरिद गर्नुपर्नेछ । गत वर्षको नाफाबाट यस संस्थाले १३.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७१ प्रतिशत नगद लाभांश वितरण गर्दै छ ।
उक्त लाभांश पारित गर्न समिट लघुवित्तको साधारण सभा असार ३ गते बस्दैछ । सभामा बोनस सेयरपछि संस्थापक र सर्वसाधारण सेयर पुँजीको अनुपात मिलन गर्न अपुग ८ लाख ५३ हजार ६६५ कित्ता सेयर एफपीओको रुपमा जारी गर्ने प्रस्ताव पनि रहेको छ । संस्थाको अधिकृत पुँजी बृद्धि गरी ६५ करोड पुर्याउने एजेन्डा पनि छ ।
समिटले वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गर्नेछ । सभा अरनिको पार्टी प्यालेस, बनेपा काभ्रेपलान्चोक बिहान १०.३० बजे सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमता घरेलु लघुवित्तको सभा आज, शेयरधनीहरुका लागि लाभांश वितरण गर्ने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्टको सभा आज, शेयरधनीलाई लाभांश नदिने
चैत २९, २०८० बिहिबार
मनकामना स्मार्ट लघुवित्तको साधारणसभा कहिले ?
चैत २८, २०८० बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार