नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध नेमकिपाको विरोध प्रदर्शन
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार ११:३७:३०
२१ जेठ, कठामाडौं । मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ १७ गते राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विधेयक प्रमाणीकरण संविधानविपरीत भएको भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले आइतबार बिहान राजधानीमा विरोध जुलुस निकालेको छ । माइतीघर मण्डलाबाट निकालिएको जुलुस बबरमहलमा पुगेका धर्नामा परिणत भएको छ ।
जुलुस कोटेश्वरबाट पनि निकालेका छन् । धर्नामा पार्टीका केन्द्रीय नेताहरूबाट विधेयक खारेजीको माग गर्दै कडा अभिव्यक्ति दिएका छन । विरोध जुलुसमा सहभागीहरुले भारतबाट भइरहेको सीमा अतिक्रमण, देशभित्र मोलाउँदै गइरहेको भ्रष्टाचार, हत्याकण्डलगायत घटनाको विरोधमा प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए ।
यस्तै, आज हुने संसद बैठकमा प्रमुख प्रतिपक्षी एमालेले विधेयक प्रमाणिकरणका लागि सरकारबाट गरिएको सिफारिस असंवैधानिक रहेको निष्कर्ष निकाल्दै संसदमा प्रधानमन्त्री प्रचण्डले माफी नमागेसम्म संसद चल्न नदिने योजना बनाएको छ ।
प्रमाणिकरणपछि जेठ १९ गते नै राजपत्रमा प्रकाशित भइ नागरिकता ऐन जारी भइसकेको छ । नागरिकता एेनले नेपाल
विधेयक प्रमाणिकरणले नेपालभित्र गलत तरिकाले बसोबास गर्दै आइरहेका भारतीयले नेपाली नागरिकता प्रमाणपत्र लिने बाटो खुला भएका र यसबाट राष्ट्रियतमाथि नै चुनौती पुगेको एमाले, नेमकिना, राप्रपा, रास्वपा लगायत दलहरुको धारणा छ ।
यद्यपि विधेयक प्रमाणिकरण खारेजीका लागि सर्वोच्चमा अदालतमा रिट परेको छ । रिटमाथि आज सुनुवाइ हुँदैछ । तर रिटमा माग भएबमोजिम अन्तरिम आदेश जारी भएमा नागरिकता एन कार्यान्वयनमा तत्काल रोक लाग्नेछ ।
संशोधित नागरिकता ऐनले नेपालभित्र जन्मिइ बाबु वा आमाको वतन, ठेगाना वा पहिचान खुल्न नसकेका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने तथा नेपालभित्र २०७२ असोज ३ भन्दा पहिला नेपालभित्र जन्मिइ जन्मसिद्ध नागरिकता पाएका बाबु आमाका सन्तानले पनि वंशजको नागरिकता पाउने व्यवस्थाले गलत मान्छेले नेपाली नागरिकता प्रमाण प्राप्त गर्नेर यसबाट राष्ट्रियतामाथि खतरा बढ्ने निष्कर्ष प्रतिपक्षी दल मात्र नभई बौद्धिक तथा नागरिक तहबाटै ऐनको विरोध भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशमा संसदीय समिति सभापतिको निर्वाचन शनिबार, आइतबार शपथ
जेठ ३, २०८१ बिहिबार
सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि सुरु
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार