सांसदहरुको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भने- ‘म धर्म निरपेक्षतावादी हुँ’
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १५:४२:५६
२२ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफू कुनै धर्मको पक्षपाती नभएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै आफू कुनै धर्म विशेषको पक्षपाती नभई धर्म निरपेक्षातावादी भएको स्पष्ट पारेका छन् ।
आफूले हालै गरेको भारतको औपचारिक भ्रमणका क्रममा इन्दौरमा महाकालेश्वर मन्दिरमा सबै धर्मवालम्वीको सम्मान स्वरुप गेरुवस्त्र लगाएर पूजा गरेको प्रष्ट पारेका छन् ।
यसअघि आजकै बैठकमा केही सांसदहरुले ‘प्रधानमन्त्रीज्यू, तपाईँ नास्तिक र आस्तिक हो ?’ भन्दै गरेका प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले इन्दौरको महाकालेश्वर मन्दिरमा मन्दिरको प्रोटोकल अनुसार नै गेरुबस्त्र लगाएर पूजापाठ गरेको बताए । आफू कुनै एक धर्म मान्ने वा कुनै एक धर्मको पक्षपोषण गर्ने व्यक्ति नभएको स्पष्ट पारे ।
‘म सिद्धान्त तः र प्रष्ट धर्मनिरपेक्षतावादी हुँ । सबै धर्मलाई समान मान्यता दिनुपर्छ । राज्यले कुनै धर्मलाई नजिक र कुनै धर्मलाई टाढा बनाउनु हुँदैन भन्ने पक्षमा छु, यो कुरा प्रष्ट होस्’ प्रचण्डले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार