प्रमाणीकरण गरिएकाे नागरिकता विधेयक संसदमा फिर्ता ल्याएर छलफल गर्नुपर्छ : ओली
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १६:५३:५८
२२ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले हालै राष्ट्रपतिबाट प्रमाणीकरण गरिएकाे नागरिकता विधेयकलाई नयाँ संसदमा ल्याएर छलफल गर्नुपर्ने बताएका छन् ।
उनले सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा धारणा राख्दै विधेयक प्रमाणीकरणका लागि अपनाएको प्रक्रिया गलत भएको बताए । अघिल्लो संसदले पठाएको विधेयक तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण नभएपछि निष्क्रिय रहेको अवस्थामा रहेको र जन जनमतबाट निर्वाचित राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसक्ने बताए ।
‘निष्क्रिय अवस्थामा रहेको विधेयकलाई मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रमाणीकरण गर्ने कार्य संविधानले चिन्दैन,’ उनले भने, ‘यसलाई नयाँ संसदमा ल्याएर छलफल गराएपछि मात्र विधेयक ऐन बन्न सक्छ, त्यसकारण संसदमा फिर्ता ल्याएर छलफल गर्नै पर्छ ।’ नयाँ संसद बनिसकेको अवस्थामा हरेक विधेयकलाई संसदले चिन्नु जरुरी रहेको बताए । एमाले, रास्वपा र राप्रपाका सांसदहरुले विधेयकलाई संसदमा ल्याएर आफूहरूले छलफल गर्न पाउनुपर्ने माग गर्दै आएका छन् ।
सरकारको गलत सिफारिस र राष्ट्रपतिबाट भएको असंवैधानिक प्रमाणीकरणकै कारण अदालतले रोकेको उनको तर्क थियो । यही जेठ १७ मा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद बैठकले प्रमाणीकरणका लागि गरेको अनुरोधका आधारमा प्रमाणीकरण गरेका थिए । प्राथमिकीकरणको २ दिनपछि जेठ १९ मा नेपाल राजपत्रमा प्रकाशित भई ऐन बनिसकेको छ ।
तर प्रमाणीकरण विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्चले ऐन कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अन्तिम फैसलाका लागि मुद्दाका दुवै पक्षलाई सर्वोच्चले बोलाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
जुम्लामा आठ हजार आठ २९ छात्रालाई क्यान्सरविरूद्धको खोप लगाउने तयारी
पुष २७, २०८१ शनिबार
क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ
पुष २७, २०८१ शनिबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार