राजनीतिक आस्थाका आधारमा खोलिएको विराटनगर भन्सारको स्वतन्त्र भन्सार प्रतिनिधि संगठन खारेज
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार १२:२६:१६
![](https://nepalbahas.prixacdn.net/media/albums/bhansar-Sagadan_svPOFgnue6_b3e34IURdV.jpg)
२३ जेठ, विराटनगर । लामो समयदेखि विराटनगर भन्सारमा वर्चस्व कायम गर्दै आएका भन्सारको जाँचपासमा संलग्न विराटनगर भन्सारका भन्सार प्रतिनिधिहरूको हालिमुहाली समाप्त भएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले गत जेठ १५ गते आर्थिक वर्ष २०८०-०८१ को बजेटमार्फत मुलुकभरी रहेका भन्सारको जाँचपासमा संलग्न रहँदै आएका भन्सार प्रतिनिधि राख्ने व्यवस्थाको ऐनमा नै उल्लेख गरी खारेज गरिदिएका छन । सोही ऐन अनुसार अब विराटनगर भन्सारमा पटक पटक विवादमा पर्दै आएका भन्सार प्रतिनिधिहरूलाई विराटनगर भन्सारले कार्वाही गर्ने बाटो समेत खुलेको कुरा जानकाहरुले बताएका छन ।
अर्थमन्त्री प्रकाश शरण महतले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा बजेट सार्वजनिक गर्दा भन्सारको जाँचपासमा प्रत्यक्ष संलग्न रहेका भन्सार प्रतिनिधि राख्ने व्यवस्था नै खारेज गरेका हुन । सरकारको उक्त निर्णयसँगै विराटनगर भन्सारमा भन्सार प्रतिनिधिको रुपमा विवादास्पद भन्सार सम्बन्धी काम गर्दै आएका भन्सार प्रतिनिधिहरूलाई अब चाँडै भन्सार कार्यालयबाट हटाउनुपर्ने भन्दै भन्सार एजेन्टहरूले भन्सार प्रशासन समक्ष माग समेत गर्न थालेका छन ।
अर्थ मन्त्रालयले पनि भन्सार विभागमार्फत गत जेठको १५ गते देखि भन्सार प्रतिनिधिको व्यवस्था खारेज गरी विराटनगर भन्सारको जाँचपासमा संलग्न हुँदै आएका त्यस्ता भन्सार प्रतिनिधिहरूले प्रयोग गर्दै आएको लगइन पासवर्ड समेत निष्कृय गरेको कुरा विराटनगर भन्सार कर्मचारी स्रोतले बताएका छन । तर तिनै खारेजीमा परेका भन्सार प्रतिनिधिहरु नै अझै हावी हुँदै गएको कुरा भन्सार जाँचपासमा संलग्न भन्सार एजेन्टहरूले बताएका छन ।
विराटनगर भन्सारबाट माल वस्तु जाँचपास गर्दै आएका भन्सार प्रतिनिधि शरण (सन्तोष) खरेल केही महिना अगाडि चीनबाट आयात भएको जुत्ता भन्सार पास गर्दा ५० लाख भन्दा बढी राजश्व छली प्रकरणमा मुछिएर कार्वाहीमा परिसकेका थिए । उनी अहिले पनि भन्सार जाँचपासमा संलग्न हुँदा पनि विराटनगर भन्सारले कुनै कार्वाही गर्न नसकेको कुरा भन्सार स्रोतले नै बताएका छन ।
त्यसै गरी भन्सार प्रतिनिधि अरविन्द ठाकुरले भन्सार जाँचपास गर्दा न्यून राजश्व बुझाएका कारण राजश्व अनुसन्धान कार्यालय सुनसरीबाट पटक पटक कार्वाही गरिँदा पनि उनलाई अहिलेसम्म विराटनगर भन्सारले कुनै कार्वाही नगरी छोडेको कुरा जानकाहरुले बताएका छन । तर उनले प्रज्ञापनपत्रमा हस्ताक्षर गराएका भन्सार एजेन्ट कृष्णबहादुर थापाको लगिन र पासवर्ड बन्द गरी कार्वाहीमा पर्दा समेत भन्सार प्रतिनिधि अरविन्द ठाकुरलाई भन्सार प्रशासनले कुनै कार्वाही नगरेको कुरा विराटनगर भन्सारमा कार्यरत कर्मचारी स्रोतले जानकारी दिएका छन । उनले हस्ताक्षर गर्दै आएका भन्सार एजेन्ट थापा कार्वाहीमा पर्दा बरु भन्सार प्रतिनिधि ठाकुरले भन्सार एजेन्ट नै परिवर्तन गरी भन्सार जाँचपासमा संलग्न भएको कुरा भन्सार एजेन्टहरूले जानकारी दिएका छन । यस्ता विवादित भन्सार प्रतिनिधिलाई अव ढिला नगरी विराटनगर भन्सारले कार्वाहीको दायरामा ल्याउन ढिला गर्न नहुने कुरा जानकारहरुले बताएका छन ।
विगतमा अर्थ मन्त्रालय अन्तर्गत भन्सार विभागबाट यस अघि ऐनमा भन्सार प्रतिनिधिको व्यवस्था गरिएको थियो । जस अनुसार एकजना भन्सार एजेन्टले बढीमा २ जनासम्म भन्सार प्रतिनिधि राख्न सक्ने व्यवस्था गरिएको थियो । तिनै भन्सार प्रतिनिधिले मुलुकभरीका जुनसुकै भन्सार नाकामा पनि भन्सार प्रतिनिधिको रुपमा दोस्रो तथा तेस्रो मुलुकबाट आयात निर्यात भई आउने वस्तुको भन्सार जाँचपास गरी सामान छुटाउने अख्तियारी प्राप्त गरेका थिए । तर सरकारले गत जेठ १५ गते संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०-०८१ को बजेट मार्फत भन्सार एजेन्ट प्रतिनिधिको व्यवस्था ऐनमा नै उल्लेख गरी खारेज गरि दिएको छ । अब नेपाल सरकारको अर्थमन्त्रालय अन्तर्गत भन्सार विभागले नियुक्त गरेका भन्सार एजेन्टले मात्र मुलुकभरीको भन्सार कार्यालयमा दोस्रो तथा तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातको व्यापारिक सामान छुटाउने र भन्सार जाँचपासमा सहजीकरण गर्ने जिम्मेवारी पाउने व्यवस्था गरेको छ ।
भन्सार विभागले केही समय अगाडि लोकसेवा आयोगमार्फत लिखित तथा मौखिक परीक्षा लिएर ६ सय भन्दा बढी भन्सार एजेन्ट नियुक्त गरेको थियो । सोही परीक्षा पास गरेर विराटनगर भन्सारमा मात्रै करिब ४० जना भन्सार एजेन्टले भन्सार जाँचपासका लागि अनुमति पाएका छन । अहिले ती भन्सार एजेन्टलाई मुलुकभरीका भन्सार कार्यालयमा भन्सार जाँचपासको काम गर्न पाउने गरि ऐनमा नै उल्लेख गरेर सो व्यवस्था गरिएको कुरा एक भन्सार एजेन्टले बताएका छन । यता विराटनगर भन्सारमा ३० जना भन्सार एजेन्टका प्रतिनिधिहरु विराटनगर भन्सारको भन्सार जाँचपासमा संलग्न रहँदै आएको थाहा भएको छ ।
केही समय अगाडि राजनीतिक आस्थाका आधारमा तत्कालीन विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत तारा सापकोटाको रोहवरमा विराटनगर भन्सार कार्यालयमा भन्सार प्रतिनिधिका रुपमा कार्यरत नवलप्रसाद उपाध्यायको अध्यक्षतामा स्वतन्त्र भन्सार प्रतिनिधि संगठन नै स्थापना गरिएको थियो । अहिले उक्त संगठन पनि सरकारको आर्थिक वर्ष २०८०-०८१ को बजेट मार्फत स्वतः खारेज भएको छ ।
यस सम्बन्धमा विराटनगर भन्सारका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालसँग सम्पर्क गर्दा अब उनीहरूको कानुनी हैसियत समाप्त भएको बताए । विगतमा उनीहरूको चुरीफूरी अलि बढी नै भएको आफूले पनि जानकारी पाएको बताउँदै ढकालले आगामी दिनमा भन्सार मूल्यांकनमा समस्या नआउने विश्वास व्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
फागुन ३, २०८१ शनिबार
‘बाल विवाह सामाजिक समस्या’
फागुन १, २०८१ बिहिबार
‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’
माघ २७, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार