कर्मचारीको लापरबाहिले सेवाग्राहिलाई सास्ती
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार ९:१०:१७
दीपक शर्मा
२४ जेठ, बर्दिया । भुमि सुधार तथा मालपोत कार्यालय बर्दियामा दुई दिन देखि सेवा प्रवाह रोकिएको छ ।सर्वसाधारण काम लिएर कार्यालयमा जादा कर्मचारीले काम हुन्छ भन्दै दिनभर पर्खाएर फिर्ता गराउने गरेको सेवाग्राहिले बताएका छन । भुमि सुधार मालपोत कार्यालय बर्दियामा सर्वसाधारणको काम दुई दिन देखि अवरुद्ध हुँदा सेवाग्राहीहरुले सास्ती भोग्नु परेको छ ।
जग्गा रोक्काको काम लिएर आएका सोमै थारुले आफनो काम ३ दिन देखि रोकिएको बताए। कर्मचारीहरूले अनलाइनका लागी इन्टरनेट नचलेको भन्दै सेवाग्राहीहरुलाई दिनभर चर्काे घाममा कुराउने र फर्काउने काम मात्र गरेको सेवाग्राहीकाे भनाई रहेको छ । इन्टरनेट अवरुद्ध हुँदा जग्गा रोक्का, राजीनामा, अंशवण्डा, बकस पत्र, दृष्टि बन्धक , फुकुवा लगायतका काम दुइ दिनदेखि रोकिएको हो ।
पछिल्लो पटक मालपोत कार्यालयमा जग्गा सम्बन्धी कारोबार गर्दा अनलाईन गर्नु पर्ने अनिवार्य गरिएको छ । जेठ महिनाको प्रचण्ड गर्मिमा टाढा टाढा बाट सेवा लिन आएका सेवाग्राही आफ्नो काम नहुँदा रित्तो हात फर्कनु पर्ने बाध्यता रहेको छ ।
भुमि सुधार तथा मालपोत कार्यालय गुलरिया बर्दियाका अधिकृत बालकृष्ण राणाका अनुसार इन्टरनेटमा खरावी आएको स्वीकार गर्दै फाटट फुट्ट काम भैरहेको बताए । उनका अनुसार नेट चलेको समय बेलुकी ६ बजे सम्म पनि सेवा दिइएको दावि गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
मनोहरा नदी फाँटमा आलु खेतीमा व्यस्त किसान
पुष २७, २०८१ शनिबार
कुमारी बैंक र एनसिएचएलबीच अन्तर्देशीय भुक्तानी सहकार्य
पुष २७, २०८१ शनिबार
दोहाबाट मलद्वारमा सुन लुकाएर ल्याउने ३ जना त्रिभुवन विमानस्थलबाट पक्राउ
पुष २७, २०८१ शनिबार