पाँचखालको औद्योगिक ग्रामलाई बनाइयाे महिला उद्योगी औद्योगिक ग्राम
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा भुजेल
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १२:३७:११
२४ जेठ, काठमाडौं । सरकारले काभ्रे पलाञ्चोकको पाँचखालस्थित निर्माणधीन औद्योगिक ग्रामलाई महिला उद्योगी विशेष औद्योगिक ग्राममा परिणत गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योग वाणिज्य आपूर्ति मन्त्रालयको प्रस्तावमा पाँचखाल नगरपालिकामा रहेको औद्योगिक ग्रामलाई महिला उद्योगी विशेष औद्योगिक ग्राम बनाउने निर्णय गरेको हो । सो निर्णयको जानकारी सरकार प्रवक्ता र संचार तथा प्रविधि मन्त्री रेखाकुमारी शर्माले दिएकी छन् ।
बैठकले कृषि तथा पशुपक्षी मन्त्रालयको प्रस्तावमा कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सहसचिव मदन भुजेललाई नियुक्त गर्ने निर्णय गरिएको उनले जानकारी दिइन् ।
यस्तै, गृह मन्त्रालयको प्रस्तावमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ दफा ३ को उपदफा १ बमोजिम आवश्यक सेवामा हड्ताल गर्न नपाइने सूचना जारी गर्ने र यसलाई राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको छ । ६–६ महिनामा प्रकाशित गर्नुपर्ने प्रावधान अनुसार यो निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिइन् ।
वन तथा वातावरण मन्त्रालयको प्रस्ताव अनुसार माथिल्लो मयुङ खोला जलविद्युत आयोजनाका लागि रसुवा र नुवाकोट जिल्लामा रहेको वन प्रयोग गर्न दिन र रुख कटान गर्न स्वीकृति दिने निर्णय गरिएको छ ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा औद्योगिक ग्रमलाई महिला उद्यमी विशेष औद्योगिक ग्राममा परिणत गर्ने उल्लेख छ । बजेटमाथि संसदको दुवै सदनमा जछफल चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार
राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दुख व्यक्त
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार