यो बलियो राष्ट्रिय एकताको प्रदर्शन गर्ने समय थियो तर, विरोधीहरु कनिकुथी विरोधतिरै लागेः प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १३:५२:५९
२४जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा उठेका विषयमाथि सबै राष्ट्रिय एकताको बहस हुनुपर्नेमा यस्तो हुन नसकेको बताएका छन् । उनले भारत भ्रमणबारे विरोधका नाममा विरोध भइरहेको बताएका छन् । प्रचण्डले भारत भ्रमणमा भएका उपलब्धिको कार्यान्वयन प्रक्रिया अगाडि बढाउन लाग्नुपर्नेमा विरोधमात्रै गर्नु उचित नभएको बताएका हुन् ।
राष्ट्रियसभाको बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा धेरै उपलब्धि हासिल भएको बताउँदै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने समयमा विरोधी मानसिकता भएकाहरुबाट कनिकुथी र खोजी खोजी विरोध गर्ने काम भइरहेको बताए । उनले भारत भ्रमणमा उत्पात भयो भन्ने आफ्नू दाबी नहरेको भन्दै केही विषयमा नयाँ सुरुआत भएको र नेपाल समृद्ध हुने ढोका खोलिएको बताए ।
नेपाल समृद्ध हुन कुरामा खुसी व्यक्त गर्नुपर्नेमा उल्टै विरोध भएको बताए । प्रचण्डले भने, ‘यो बेला हो नेपालीहरूले बलियो राष्ट्रिय एकताको प्रदर्शन गर्ने हो । ठिक भएको छ र अझ ठिक हुनुपर्छ भन्ने हो । हामी सबैले एक भएर भएका सहमति, समझदारी ठिक ढंगले कार्यान्वयन होऊन् र हुन बाँकी सहमति पनि बनाउन पर्यो भन्नुपर्ने हो । त्यसो भन्यो भने पनि नेपाल बलियो हुन्थ्यो, हामी बलियो हुन्थ्यौ । यसमा अनावश्यक सकिनसकी विरोध गर्नुपर्ने, कनिकुथी विरोधको तरिका अपनाउनु उचित थिए ।’
भारत भ्रमणका क्रममा १९५० को सन्धीदेखि हालका सीमा विवादका विषयमा प्रस्टसँग छलफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । उनले दुवै मुलुकबीच छलफलको वातावरण बनाएर अगाडि बढ्नुपर्नेमा आपसी बुझाइ रहेको बताए । नेपालमा एयररुट पहिलोपटक ऐतिहासिक सहमति भएको उनले बताए । जति कुरा प्रस्टसँग राखिएको छ त्यो उपलब्धिमूलक भएको उनको भनाइ छ ।
प्रचण्डले भ्रमणका क्रममा सबै कुरा राखिएको र इतिहासदेखि थाती रहेका, १९५० को कुरा पहिलोपटक जाँदा पनि र अहिले पनि सबै समस्याहरूको विश्वासको वातावरण बनाएर समाधान गर्नुपर्छ भन्ने कुरा अहिले आएको बताए । उनले दुई छिमेकीहरूबीच राम्रो विश्वासको वातावरण बनाएर मात्रै लिपुलेक, कालापानीको समस्या हल हुने बताए ।
एकले अर्कालाई राजनीति मात्रै गरिराखेर त यो बल्झिने मात्रै भएको भन्दै संवादद्वारा सकरात्मक ढंगले समाधानको उपाय खोज्ने र विश्वासको वातावरण बनाएर सीमाको विषय हल गर्छौं भनेको विषय अरु कसैले नगरेको बताए । उनले यसअघिका भ्रमणमा गएका कसैले पनि यसरी भारतसँग खुलेर कुरा नराखेको बताए । प्रचण्डले हिजो सरकारको नेतृत्व उहाँहरूको दलले गरेको थियो ? प्रधानमन्त्री हुनुहुन्थ्यो, केही गर्नुभएको थियो भन्दै प्रश्न गरे ।
मुलुकमा भएका सबै पक्षहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । उनले सबै एकताबद्ध भएर जाँदा बाह्य पक्षले पनि साथ दिने धारणा राखेका थिए । प्रधानमन्त्री प्रचण्डले मिडियामा भारतीय संसद्मा नेपालको भूभाग समेटिएको नक्सा राखेको समाचार आएपछि आफूले भारतीय पक्षसँग कुरा राखेको र भारतीय पक्षबाट यो कुनै राजनीतिक नक्सा नभएकाले त्यसलाई राजनीतिक रुपमा नहेर्न भनेको जवाफ आएको पनि राष्ट्रिय सभामा बताए । उनले सो विषयमा भारतसँग अझ बढी अध्ययन र छलफल गर्ने बताए ।
‘पहिलो कुरा संसद्को नक्साबारे कुरा भयो । मैले गम्भीर रुपमा नै उठाए किनकि त्यो धेरै अध्ययन भइसकेको त थिएन । तर पनि जसरी मिडियामा आएको थियो त्यो विषयमा त्यसरी नै प्रश्न गरेँ,’ उनले भने, ’यो के हो नयाँ संसद् भवनमा भारतले राखेको नक्साबारे विभिन्न कोणबाट चर्चा भएको छ भन्दा उहाँहरूले दिएको जवाफ मैले प्रतिनिधिसभामा पनि भनेको थिए । यो कुनै राजनीतिक नक्सा होइन । यो ऐतिहासिक र सांस्कृतिक नक्सा हो । यसलाई राजनीतिक रुपले हेर्न हुँदैन भन्ने उहाँहरूको जवाफ थियो । अब यो बारे अझ बढी अध्ययन गर्ने, छलफल गर्ने कुरा त बाँकी नै छ । त्यसकारण कुरा उठाएन केही पनि भएन भन्ने कुरा साँचो होइन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
राष्ट्रियसभाको बैठक पनि दुई घण्टाका लागि सर्यो
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार