सांसद विकास कोष ब्यूँताउनु आपत्तिजनक ः खिमलाल देवकोटा
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १४:४६:३३
२४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य (सांसद) खिमलाल देवकोटाले सरकारले बजेटमार्फत सांसद विकास कोष ब्यूँताएर गम्भीर त्रुटि गरेको बताएका छन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफलमा भाग लिँदै बुधबार राष्ट्रियसभाको बैठकमा सांसद देवकोटाले कोष ब्यूँताएर गलत गरेको बताए ।
‘काम नलागेको भनी मसानघाटमा पुर्याइसकेको कोष फिर्ता ल्याएर सांसदलाई भ्रष्टाचारको बाटोमा पुर्याउने काम गरेको छ’ उनले भने, ‘यसबाट सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा हरेक वर्ष ५ कारोड रुपैयाँमा विकास खर्च दिएर संविधानको मर्मविरोधी भएको छ, यो आपत्तिजक छ ।’
सांसदको काम विकास खर्च गर्दै हिँडने नभई विकास र समृद्धिका लागि ऐन कानून बनाउने रहेको भन्दै सांसदको तजबिजी चल्ने गरी बजेट बाँडिनु संघीयताको मर्मविपरीत भएको उनको भनाइ ।
उनले संघीय सरकारको बजेटले प्रदेश र स्थानीय तहलाई आफ्नो तजबिजीमा चल्न दिने योजना बोकेको बताए । बजेट कृषिमा भिजेको देखिएपनि कार्यान्वनको पाटोमा मौन रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
रवि लामिछाने केही दिन काठमाडौं प्रहरी हिरासतमा रहने
नेपालबहस संवाददाता
पुष २८, २०८१ आइतबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
माघ १, २०८१ मंगलबार
चेक अनादर आरोपमा एमाले नेता किशोरविक्रम पक्राउ
माघ १, २०८१ मंगलबार
हैटीमा १० लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित
माघ १, २०८१ मंगलबार
गैँडाको आक्रमणबाट माडीमा एकको मृत्यु, एक जना बेपत्ता
माघ १, २०८१ मंगलबार
चलचित्र ‘डोरी’को पहिलो पोस्टर सार्वजनिक, चैत्र १५ मा प्रदर्शनमा आउने
माघ १, २०८१ मंगलबार