मकैका बोट मर्न थालेपछि कृषक चिन्तित
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १३:४५:२४
२६ जेठ, उदयपुर । त्रियुगा नगरपालिका क्षेत्रमा केही दिनयता देखापरेको सुक्खा खडेरीका कारण मकैका बोट मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।
त्रियुगा नगरपालिका क्षेत्रका खैराहा, पोर्ताह, लक्ष्मीपुर, विसनपुर, जोगिदह, मोथ्याई, खैजनपुर भुल्के, मोतिगडासहित, बगाहा, श्रीपुर क्षेत्रका खेतका मकैका बोट मर्न थालेपछि आफूहरू चिन्तित बनेको सम्बन्धित क्षेत्रका कृषक बताउँछन् ।
खैराहाका कृषक विष्णु कार्की भन्छन्, “आफ्नो भएको झन्डै एक बिघा जग्गा सबै खेतमा यसपटक मकै बाली लगाएको हुँ, जेठको दोस्रो हप्तादेखि राम्ररी मकैको सुत्ला लाग्न थालेको थियो, तर सुक्खा र खडेरी लागेपछि अहिले पात मर्न थाले, मकैको बोट पात सुकेर सिप्रिक्क परिसकेका छन्, यसपटकको मकै बाली खान नपाइने भयो ।”
पोर्ताहका कृषक देवीलाल चौधरीको पनि गुनासो कार्कीको उस्तै छ । चौधरी भन्नुहुन्छ, “आफ्नो खेतमा लगाएको मकैबाली सुरुमा राम्रो थियो, तर जेठको पहिला हप्तादेखि नै खडेरी पर्न थाल्यो, झनै दिनदिनै सुक्खा खडेरी लाग्न थालेपछि मकैको बोट मर्न थाल्यो, अहिले खेतको अधिकांश मकैका बोटमध्ये ५० प्रतिशत बोट त सुकी नै सके ।” भर्खर सुत्ला लाग्दै गरेको मकैको बोट धमाधम सुक्न थालेपछि लक्ष्मीपुर क्षेत्रका कृषकसमेत चिन्तित बन्न पुगेको छन् ।
लक्ष्मीपुरका छेदीलाल चौधरीका अनुसार मकैको बोट खडेरीले मर्नथालेपछि कतिपय कृषकले बोरिङ र घरको कलको मोटरबाटसमेत खेतमा सिँचाइ गरेर मकैको बोट बचाउने प्रयास गरेका छन् । यस्तै घरभन्दा टाढा सुक्खा खेतमा मकै खेती गर्नेका मकैका बोट सुकेर नै मर्न थालेको चौधरीले बताए ।
जोगिदहका कृषकका अनुसार यस क्षेत्रका खेतमा लगाइएको मकैको बोटमध्ये झन्डै २५ प्रतिशत बोट मर्न थालेको र अझै केही दिन सुक्खा खडेरी नै रहने सम्भावना रहेका कारण यस पटकको मकै बाली उठाउन सक्ने अवस्थामा नरहेका कारण आफूहरू निराश बन्न पुगेको कृषक बताउँछन् ।
गाउँघर नजिक खेतमा लगाइएको मकै बालीलाई कृषकले कल र मोटरबाट खेतमा सिँचाइ गरेर मकैको बोट बचाउने प्रयास गरिरहेका छन् भने सुक्खा ठाउँका खेत तथा गाउँभन्दा टाढाका खेतको मकैको बोट भने मर्न थालेको र बचाउन नसकिने अवस्था रहेको कृषक बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार