जङ्गली जनावरले नोक्सान गर्न थालेपछि वैकल्पिक बेसार खेतीतर्फ आकर्षित
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १४:११:५१
२६ जेठ, मधुवन । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसान वर्षौँदेखि निकुञ्जबाट आएका जङ्गली जनावरबाट पीडित छन् । जङ्गली जनावरले उनीहरुले लगाएको धान, मकै, गहुँलगायत अन्नबाली नोक्सान गर्न थालेपछि यहाँका किसान वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भएका छन् ।
“बाली स्याहार्ने बेला जङ्गली जनावरले खाएर, कुल्चेर नोक्सान गर्दछन् । बेसार खेतीलाई जङ्गली जनावरले क्षति नर्याउने भएकाले बेसार खेती गर्न थालेका छौँ”, किसान नर बहादुर सुनारले भने । उनले अन्नबालीको उत्पादन लिन नसके पनि बेसार खेतीबाट मनग्ये आम्दानी हुन थालेको बताए ।
“किसानलनई आफ्नो समस्या टार्न सहज भएको छ । जङ्गली जनावरले धान, मकै, गहुँलगायत अन्नबाली नोक्सान पारिदिँदा परम्परागत तवरले खेती गर्दै आएका किसानले विकल्पका रुपमा बेसार खेतीतर्फ आकर्षित भएका छन्”, सुनारले भने । वर्षभरि गरेको मेहनतको फसल जङ्गली जनावरले नोक्सान गर्न थालेपछि विकल्पका रुपमा बेसार खेती थालेको भन्दै उहाँले बेसार खेतीबाट घरपरिवारको समस्या टार्न सहज भएको बताए ।
सुनारका अनुसार जङ्गली जनावरबाट आजित भएका यहाँका किसानले तीन वर्षदेखि विकल्पका रुपमा बेसार खेती गरिरहेका छन् । सुरुका वर्ष दलित सेवा सङ्घले किसानलाई निःशुल्क बेसारको बीउ उपलब्ध गराउनुका साथै बेसार खेती सम्बन्धी तालिम उपलब्ध गराएको थियो ।
यस वर्ष प्रतिकिलो रू २५ मा स्थानीय बीउ किनेर ४० बिघाभन्दा बढी क्षेत्रफलमा बेसार खेती गर्ने योजना रहेको किसान नयाराम सुनारले बताए । उनका अनुसार उत्पादित बेसार प्रतिकिलो रू दुई सय ५० सम्ममा बिक्री हुन्छ । पछिल्लो समय मधुवन नगरपालिकाले यस क्षेत्रलाई बेसार पकेट क्षेत्र घोषणा गरी बेसार खेतीलाई प्रोत्साहन गर्ने प्रयास थालेको छ ।
“यहाँका किसानले समूह गठन गरी बेसार खेतीलाई व्यावसायिक बनाउने योजना बनाएका छौँ । उत्पादित बेसार बिक्रीमा समस्या हुन्छ कि भन्ने चिन्ता छ”, नयारामले भन्नुभयो । बजारीकरणमा पालिकाले समन्वय गर्नुपर्ने उहाँको भनाइ छ । बेसार खेती गर्दा लगानी कम लाग्ने र प्रति कट्ठा पाँच क्विन्टलसम्म सजिलै फलाउन सकिने नयारामले बताए।
निकुञ्ज र मध्यवर्ती आसपासका किसानका लागि बेसार खेती अत्यन्त उपयुक्त हुने कृषि प्राविधिक एकराज वलीले बताए । जिल्लालाई बढी बेसार उत्पादन गर्ने जिल्लाका रुपमा विकास गर्न सकिने उनको भनाइ थियो । उनका अनुसार चालीस बिघा जमिनमा हुँदै आएको बेसार खेतीबाट यहाँका कृषकले वार्षिक लाखौँ आम्दानी गरिरहेका छन् ।
“जङ्गली जनावरले बेसार खेतीलाई कम नोक्सानी गर्ने भएकाले किसान बेसार खेतीतर्फ आकर्षित भएका हुन । कम लगानीमा व्यावसायिक खेती गर्न सकिने र आम्दानी पनि राम्रै भएको छ”, कृषि प्राविधिक वलीले भने । उनका अनुसार बजारीकरणमा भने केही जटिलता देखिएको किसानले गुनासो गरेका छन् ।
बेसार उत्पादन, प्रशोधन, लेबलिङलगायत काम स्थानीयस्तरमै गरिँदै आएको बताउँदै बजारीकरणका लागि स्थानिय सरकारले सहयोगी संस्थासँग समन्वय गरिरहेको मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीनबहादुर थापाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
दोदा बगरमा सागसब्जी फलाएर आकर्षक आम्दानी गर्दै पाँच सय किसान
जेठ ६, २०८१ आइतबार
आयआर्जन वृद्धि गर्न अतिविपन्नलाई बाख्रा अनुदान
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार