सन्तुलित भोजन र व्यायाम नै बाथ रोगको औषधि
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १५:२१:३७
२६ जेठ, गण्डकी । बाथ रोग विशेषज्ञ डा. सुधीर कर्माचार्यले बाथ रोगको औषधि सन्तुलित भोजन र शारीरिक परिश्रम भएको बताएको छ ।
नारी शक्ति जागरण आमा समूह पोखरा–१७ आँखा अस्पताल चोकको व्यवस्थापन तथा नेशनल बाथ रोग मुस्ताङ चोकको प्राविधिक सहयोगमा आयोजित निःशुल्क रक्त परीक्षण एवं रिपोर्ट वितरण कार्यक्रममा बाथ रोग अधिकांश बिरामीहरूले दुखाइ कम गर्ने औषधि प्रयोग गर्ने गरेको बताए । नेपालमा बाथ रोगका बिरामी बढ्दो क्रममा रहेको बताउँदै अहिले छ प्रतिशत जनसङ्ख्यामा पुगेको उनको भनाइ छ ।
बाथ रोगको सङ्केत देखिएका बिरामीहरूले रातो मासु, गेडागुडी, गोलभेँडा, अम्लीय पदार्थ, गुलियो पदार्थ, मद्यपान र धुम्रपान गर्न नहुने र उचाइ अनुसारको मोटोपन कायम राख्न सकेमा आत्तिनु नपर्ने उनको भनाइ छ ।
अहिलेसम्म दुई सयभन्दा बढी प्रकारका बाथ रोग पहिचान भएको उनको भनाइ छ । नेपालमा पुरुषको तुलनामा महिलामा बढी बाथ रोग देखिएको भन्दै उनले बोसोको मात्रा र भिटामिन डीको कमी एवं रगतको उतारचढावका कारण यो रोगको प्रकोप महिला वर्गमा बढी देखिने गरेको बताए ।
बाथ रोग लागि सकेपछि चिल्लो पदार्थ कम खाने, दैनिक कम्तीमा एक घन्टा पैदल यात्रा गर्ने र चिकित्सक एवं फिजियोथेरापिस्टको सल्लाहअनुसार व्यायाम गर्नाले फाइदा पुग्ने बताउँदै डा कर्माचार्य भने, “बालबालिका, वयस्क र ज्येष्ठ नागरिकहरूमा फरक–फरक प्रकारका बाथ रोग देखिने गरेको छ ।”
शरीरमा रोगसँग भिड्ने शक्ति कमजोर हुँदै गएपछि बाथ रोग सक्रिय बन्ने उनको भनाइ छ । वंशाणुगत, वातावरण र हर्मोनहरुको कारण यो रोगले आक्रमण गर्ने गरेको उनले बताए । विश्वमा थुप्रै अनुसन्धान भइरहे पनि बाथ रोग लाग्नाका कारण अहिलेसम्म पत्ता नलागेको उहाँले जानकारी दिए ।
डा. कर्माचार्य भन्छन्, “जोर्नी सुनिने, आँखा रातो हुने र ढाड दुख्ने तथा छालामा पोल्ने, सञ्चो नहुने, घाउ देखा पर्नु उक्त रोगका लक्षण हुन्, कुन किसिमको बाथ रोग हो पत्ता लगाउन रगत परीक्षण र एक्स–रेको सहयोग लिन अपरिहार्य छ ।” उचित उपचार नभएमा औँलाको जोर्नी बाङ्गिने, मिर्गौलालाई असर गर्ने, श्वास प्रश्वास बढ्ने फोक्सोको बाहिरी भागमा पानी जम्ने जस्ता समस्या देखिने उनको भनाइ छ ।
आमा समूहका अध्यक्ष प्यारी गुरुङका अनुसार शिविरमा एक सय जनाको रगत सङ्कलन गरिएको थियो । जसमा ५० जनामा कुनै न कुनै किसिमको बाथ रोगको लक्षण देखिएको थियो ।
समूहले स्थापना दिवसमा वातावरणीय, स्वास्थ्य क्षेत्रका साथै सदस्यलाई पेसामूलक तालिम र मानव सेवा आश्रम छोरेपाटनमा रु १८ हजार पाँच सय सहयोग गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगर्मीमा खानुहोस् यी फलफूल, पेट र दिमाग दुवै चिसो हुनेछ
जेठ ५, २०८१ शनिबार
पानीको कमीले गर्मीमा बेचैनी निम्त्याउँछ, दैनिक खानुहोस् यी पाँच चीज
जेठ ५, २०८१ शनिबार
के मधुमेहका बिरामीले गर्मीमा नरिवलको पानी पिउन मिल्छ ?
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार