बजेटमाथि उठेका प्रश्नको उत्तर दिन अर्थमन्त्री महत पुग्दा राष्ट्रियसभा खाली, प्रतिपक्ष शून्य
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १५:४१:२३
२६ जेठ, काठमाडौं । शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक बजेटमा सांसदहरुले राखेका जिज्ञासाको प्रश्नको जवाफ दिने कार्यतालिका थियो । तर, उत्तर दिन जाँदा राष्टियसभाको बैठकमा प्रतिपक्षी बेन्च पुरै खाली थियो । महतले सांसद खोज्दै केही बेर कुरेपछि सांसदहरु भित्र छिरे र उनले पनि प्रश्नको उत्तर दिन थाले ।
बैठकमा सांसदहरु हाजिर गरेर भाग्ने प्रचलन नयाँ होइन । तर, पछिल्लो समयमा विगतभन्दा धेरै सांसदहरु हाजिर गरेर भाग्ने क्रम बढेको छ । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख देवराज घिमिरेले सांसद बैठक छाडेर बाहिर निस्कने क्रम बढेको भन्दै पटक पटक दलहरूको ध्यानाकर्षण गराएका छन् ।
सभामुख सांसद बैठकमा नबसेको भन्दै दलहरुलाई जानकारी गराए पनि दलहरूले आफ्ना सांसदहरुलाई कुनै निर्देशन दिएका छैनन् । सांसद भागेकै कारण विद्युतीय हाजिर गराउने तयारी पनि भइरहेको छ । सांसद हाजिर ठोकेर भागेको कुरा विभिन्न सञ्चारमाध्यमहरूले पनि उठाइरहेका छन् । तर, सांसदको भाग्ने बानीमा सुधार आएको छैन । अहिले पनि राष्ट्रिय सभा जस्तै प्रतिनिधिसभा पनि लगभग खाली नै हुने गरेको छ ।
शुक्रबार राष्ट्रिय सभाको बैठक दुई पटक बसेको थियो । पहिलो बैठकमा सांसदहरुले बजेटमाथि प्रश्न सोध्ने काम जारी थियो । सकिएपछि बैठक स्थगित भयो र सांसद पनि बाहिर निस्किए । लगत्तै अर्को बैठक राखिएको कुरा उनीहरूले सम्झनामा राखेनन् । दोस्रो बैठकमा समयमै प्रतिपक्षी दलका सांसदहरु उपस्थित नहुँदा सबै बेन्च खाली देखिए ।
बैठकमा अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम भएको कुरा थाहा पाउँदा पाउँदै पनि सांसदहरु बैठकमा नबस्नुले यसरी नै हेलचक्राई गरिरहन्छ भन्ने पुष्टि पनि गरेको छ । बैठकबाट सांसद भाग्दा कति पय संसदीय कामकारवाही पनि प्रभावित हुँदै आएका छन् । पटक पटक हुने यस्ता घटनाले जन निर्वाचित सांसद जनता र संसदप्रति उत्तरदायी नभएको प्रष्ट छ ।
प्रतिपक्षी दलका सांसदहरु नदेखेपछि अर्थमन्त्री डा.प्रकाशशरण महतले केहीबेर प्रतिपक्षी बेन्चतिर सांसदको खोजी पनि गरे । आजको राष्ट्रिय सभा नियत बस खाली भने भएको थिएन । सांसदहरु संसद भवनभित्र नै थिए । उनीहरू बैठकमा ढिलो गरी पुग्दा सांसद हराएको सूचना बाहिरिई सकेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति २२ खर्ब ७३ अर्ब पुग्यो
पुष २६, २०८१ शुक्रबार
निर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
चीनमा व्यापारिक संस्थाहरूको सङ्ख्यामा स्थिर वृद्धि
पुष २६, २०८१ शुक्रबार
राजश्व अनुसन्धान विभागद्वारा पोखरेलको गोदाममा छापा, सेटिङ गर्न शक्तिकेन्द्रमार्फत दवाव
पुष २६, २०८१ शुक्रबार