दुम्कौलीमा अधिकतम तापक्रम ४४ डिग्री रेकर्ड हुँदा लहानमा न्यूनतम तापक्रम नै २९.५ डिग्रीभन्दा माथि
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १७:२:१४
२६ जेठ, काठमाडौं । गर्मी बढेसँगै पछिल्लो समयमा तामानमा पनि उताव चढाव आउन थालको छ । जल तथा मौसम विज्ञान विभागअनुसार शुक्रबार नवलपुरको दुम्कौलीको अधिकतम तापक्रम ४४ डिग्री पुग्दा र लहानको न्युनतम तापक्रम नै २९. २ ढिग्री पुगेको छ ।
देशको अधिकतम तापक्रम ४० डिग्रीभन्दा धेरै रहेको तराई–मधेस क्षेत्रमा न्यूनतम तापक्रम नै २९ डिग्री सेल्सियस नाघेको यो पहिलो पटक हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै न्यूनतम तापक्रम सिरहाको लहानमा रेकर्ड भएको हो ।
लहानमा न्यूनतम तापक्रम नै २९.५ डिग्री पुग्दा जनकपुरमा २९.२ डिग्री मापन भएको छ । पहाडी क्षेत्रमा अधिकतम तापक्रमको हाराहारीमै मधेसमा न्यूनतम तापक्रम पुग्न थालेपछि जनजीवन प्रभावित भएको छ । नवलपुरको दुम्कौलीको अधिकतम तापक्रम रेकर्ड ब्रेक गर्दै ४४ डिग्री सेल्सियस पुगेको हो ।
यसअघि त्यहाँको उच्चतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन भएको थियो । चार दिनदेखिको त्यो रेकर्ड तोडिएर ४४ डिग्री सेल्सियस पुगेको हो । विभागले आज शुक्रबार अपराह्न सार्वजनिक गरेको गत २४ घण्टाको मौसमको विवरणमा दुम्कौलीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस पुगेको उल्लेख छ ।
जल तथा मौसम विज्ञान विभागले दुम्कौलीको अहिले सार्वजनिक भएको अधिकतम तापक्रम हालसम्मकै उच्च भएपनि साँझ पौने ६ बजेमात्र मौसमको एकीकृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।
पछिल्लो २४ घन्टामा अधिकतम तापक्रम ताप्लेजुङमा २८.८, जुम्लामा २७.९ र डडेल्धुरामा २९.८ डिग्री मापन भएको छ । जनकपुर र लहानमा अधिकतम तापक्रम भने ४० डिग्रीभन्दा धेरै छ । बिहीबार अधिकतम तापक्रम जनकपुरमा ४२.४ र लहानमा ४०.५ डिग्री मापन भएको थियो ।
न्यूनतम तापक्रम तराईका अन्य क्षेत्रमा पनि उकालो लागेको छ । विराटनगरमा २७.५ तथा सिमरा र नेपालगन्जमा २५.५ डिग्री न्यूनतम तापक्रम छ । विभागका अनुसार पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै अधिकतम तापक्रम नवलपुरको दुम्कौलीमा ४४ डिग्री मापन भएको छ ।
त्यहाँ लगातार चार दिन ४३.८ डिग्री मापन भएर यसअघिको रेकर्ड ब्रेक भएकामा फेरि तापक्रम उकालो लागेको हो। दुम्कौलीमा यसअघि उच्चतम तापक्रम १९७९ जुन ५ मा ४३.७ डिग्री मापन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाइक्रोसफ्टलाई पेटेन्ट प्रकरणमा अदालतको झट्का, २४० मिलियन डलर तिर्न आदेश
बैशाख ३०, २०८१ आइतबार
बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढे
बैशाख २३, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी
जेठ ५, २०८१ शनिबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार