रणवीर कपुरमाथी कंगनाको प्रहार, 'लागुऔषध दुर्ब्यसनीलाई रामको भुमिका'
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १०:१४:१७
![](https://nepalbahas.prixacdn.net/media/albums/rabir_Lax4QTQm75_I8AuUBE1Yk.jpg)
२८ जेठ, मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत र अभिनेता रणवीर कपूरबीच छत्तीसको आँकडा छ ।कंगनाले रणवीरलाई निशाना बनाउन कुनै कसर बाँकी राख्दिनन् । यही क्रमलाई हालै निरन्तरता दिएकी छन् ।
केही समय अघि नितेश तिवारी र मधु मन्तेनाले निर्माण गर्ने फिल्म ‘रामायण’मा रणवीरले रामको भूमिका निभाउने चर्चा चलेको थियो । यो फिल्ममा आलिया भट्टले सीताको भूमिका निभाउँदैछिन् । कंगनाले यही कुरा प्रति इन्स्टाग्राममार्फत रणवीरलाई कटाक्ष गरेकी छन् ।
‘हालका दिनमा अर्को एक फिल्म रामायण आउँदैछ भन्ने सुन्दैछु । जहाँ एक सेतो मुसा, जो कथित रुपमा अभिनेता छ । जसलाई सूर्यको प्रकाशको आवश्यकता छ र जो उद्योगमा खराब कुरा गर्न लोकप्रिय छ । जो नारीकरणका लागि चिनिन्छ र लागुऔषध दुर्ब्यसनी पनि हो । जसले एक फिल्ममा आफूलाई शिव बताउन असफल साबित भयो’, उनले लेखेकी छन्,‘जसलाई कसैले देखेन र यसको दोस्रो भाग पनि बनेन । अब आफूलाई राम बनाउने तयारीमा छ ।'
उनी थप अगाडी लेख्छिन, ुजबकी एक युवा सुपरस्टार, जो आफैं बनिएका हुन् । एक पारिवारिक मान्छे हुन् र जो पारम्परिक छ । जो बाल्मिकीको व्याख्या अनुसार जसको रंग, रुप र फिचर रामसँग मिल्छ, उनी चाहिँ रावणको भूमिका निभाउँदैछन् । यो कस्तो किसिमको कलियुग हो । कोही पहेलो रंगको लागुऔषध दुर्ब्यसनीले रामको भूमिका निभाउनु हुँदैन । जय श्री राम ।’ उनले अगाडि लेखेकी छन्, ‘यदि तपाईं ममाथि लक्षित गर्नुहुन्छ भने म नमरुन्जेल लक्षित गर्नेछु । म सँग निहुँ नखोजनुहोला । मबाट टाढै रहनु ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड अभिनेता अनुपम खेरको अफिसमा चोरी
असार ७, २०८१ शुक्रबार
गर्भवती दीपिकालाई लिएर लन्डन हिँडे रणवीर
असार ६, २०८१ बिहिबार
राहुल मोदीको मायाजालमा परिन श्रद्धा कपुर
असार ६, २०८१ बिहिबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
नेपालबहस संवाददाता
असार ५, २०८१ बुधबार
राष्ट्रिय अनुसन्धान विभागका एसपी प्रसाईमाथि छानबिन !
नेपालबहस संवाददाता
असार ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार ७, २०८१ शुक्रबार
सशस्त्रको लापरवाहीले करिब १५ लाख नगदसहित पक्राउ परेका भारतीय तस्कर भन्सारबाटै गायव
असार ७, २०८१ शुक्रबार
देशको विभिन्न ठाउँमा वर्षा, गण्डकी प्रदेशमा मुसलधारे पानी पर्ने
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले कोशी राजमार्गमा करोडौंको क्षति
असार ७, २०८१ शुक्रबार
बागलुङ-कुश्मिसेरा सडकखण्ड एक साता बन्द
असार ७, २०८१ शुक्रबार
पत्रकार महासंघको निर्वाचन असार २२ गते
असार ७, २०८१ शुक्रबार
अरविन्द केजरीवालको जमानतमा रोक, रिहाई फेरी अनिश्चित
असार ७, २०८१ शुक्रबार
बाढीपहिरोले मकालुमा २४ घर विस्थापित
असार ७, २०८१ शुक्रबार
भारत र अमेरिकासहित ८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
असार ७, २०८१ शुक्रबार