देउवा निवास धुम्बाराहीमा नेताको गुनासो, तेस्रो पुस्ताका नेताले सुरु गरेको रूपान्तरण अभियान ठिक भएन
केदार भट्टराई (काका)
जेठ २८, २०८० आइतबार १३:७:३८
२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तेस्रो पुस्ताका नेताहरूले सुरु गरेको रुपान्तरण अभियानप्रति असन्तुष्टि जनाएका छन् । उनले केही नेताहरूले आफूखुसी रुपान्तरण अभियान कार्यक्रम सुरु गरेको तर यसले पार्टी र नेताहरू कै विरोध गरिरहेको भन्दै असन्तुष्टि जनाएका हुन् । रुपान्तरण अभियानबारे देउवा पक्षका नेताहरूले गरेको रिपोर्टिङका आधारमा देउवाले कार्यक्रम प्रति असहमति जनाएका हुन् ।
देउवा समूहका एक नेताले दिएको जानकारी अनुसार हरेक दिन बिहान प्रायः नेताहरूको धुम्बाराहीमा जमघट हुन्छ । कोही काम लिएर आउँछन् भने कोही देशभर भइरहेका पार्टीका गतिविधिका जानकारी दिन आउँछन् । कतिपय त भेटघाट र सभापतिको सन्चो बिसन्चो सोध्न पनि निवासमा आउने गरेका छन् । केही दिन यता देउवाको स्वास्थ्यमा पनि समस्या देखिँदै आएको छ ।
नेताहरूले भेटघाटका समयमा केही केन्द्रीय सहस्यसहितका नेताहरूले सुरु गरेको कांग्रेस रुपान्तरण अभियानले सभापति देउवाको मात्र विरोध भइरहेको र यसलाई रोक्नुपर्ने र यसका लागि सभापतिले कदम चाल्नुपर्ने दवाव पनि दिने गरिएको छ । देउवाले भने रुपान्तरण अभियानबारे आफूले कसैलाई केही नभनेको र कसैले पनि कार्यक्रम गर्ने भनेर जानकारी नगराएको भन्दै पार्टीको नीति र निर्देशन विना भएको कार्यक्रम पार्टीको हुन नसक्ने बताउँदै आएका छन् ।
देउवालाई रुपान्तरण अभियानमा लागेका नेताहरूले कांग्रेसका कार्यक्रमभन्दा धेरै सभापति देउवाको मात्रै विरोध गरिरहेको र यस्ता कार्यक्रममा पार्टीको नराम्रो सन्देश गइरहेको भन्दै अभियानमा लागेकाहरूलाई कारबाही गर्न दवाव पनि दिइरहेका छन् । नेताहरूले अभियानको नकारात्मक चर्चा गरेपछि सभापति देउवाले प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग पनि यसबारे सोधेका थिए ।
विश्वकर्माले आफूलाई पनि कुनै नेताबाट कार्यक्रम भएको र गर्ने बारे जानकारी नदिएको भन्दै अहिले चलिरहेको रुपान्तरण अभियान पार्टी हितविपरित नै भइरहेको जानकारी गराएका थिए । केही नेताहरूले रुपान्तरण अभियान संस्थापन इतर पक्षका नेताहरूले चलाएको र सिंगो पार्टीको बदनाम भइरहेको भन्दै देउवा समक्ष असन्तुष्टि पोख्दै आएका छन् । पार्टीभित्र छलफल नगरी आन्तरिक असन्तुष्टि छताछुल्ल पारेर पार्टीलाई कमजोर बनाउन इतर समूहले अभियान चलाएको बुझाइ संस्थापन पक्षको छ ।
कांग्रेस रुपान्तरणका लागि भन्दै संस्थापन इतर पक्ष निकट नेताहरूले जेठ ११ गते मधेस प्रदेशको राजधानी जनकपुरबाट अभियान थालेका थिए । उनीहरूले प्रदेश स्तरमा कार्यक्रम चलाइरहेका छन् । रुपान्तरण अभियान कार्यक्रम गुट निरपेक्ष भएको उनीहरूको दावी छ । अभियानमा देउवा समूह भनेर चिनिएका नेताहरू पनि सहभागी भइरहेका छन् । तर, केन्द्रमा भने यो अभियान सभापतिलाई कमजोर देखाउनका लागि मात्र गरिएको भन्दै धुम्बाराहीमा दिनहुँ चर्चा हुने गरेको छ ।
नेताहरूले अभियान रोक्न भन्दै देउवालाई दवाव दिएपछि अभियानका गतिविधिलाई पार्टी सभापति शेरबहादुर देउवा स्वयंले विशेष निगरानी गरिरहेका छन् । पार्टी प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य मीन विश्वकर्माले इतर समूहनिकट नेताहरूले चलाइरहेको अभियानले पार्टीलाई नै कमजोर बनाउने काम गरेको जानकारी सभापतिलाई दिएका छन् । पार्टी नेतृत्वसँग परामर्श नै नगरी अभियानका नाममा पार्टीका कमजोरी ओकल्ने काम भइरहेको देउवा निकटस्थहरुको बुझाइ छ ।
सुरुमा केन्द्रीय समितिमा नभएका नेताहरू लागेको र पछि केन्द्रीय सदस्यहरू पनि थपिएकाले संस्थापन पक्षका नेताहरूलाई अभियान टाउको दुखाइ भएको छ । अभियानले देशका विभिन्न ठाउँमा गएर पार्टी नेतृत्वमाथि अनावश्यक प्रश्न उठाइरहेको संस्थापन पक्षको भनाइ छ । यता, अभियानमा लागेका नेताहरूले भने देशको राजनीतिमा उग्र वामपन्थी र दक्षिणपन्थी शक्तिहरूको उदय भएकाले अब कांग्रेसले आफ्नो इतिहासलाई साक्षी राखेर ’नयाँ कांग्रेस’ निर्माण गर्नुपर्ने आवश्यकताका साथ अभियान घोषणा गर्नुपरेको बताइरहेका छन् ।
अभियानमा संस्थापन इतर पक्षका नेताहरू रहेकाले यसमा वरिष्ठ नेता डा.शेखर कोइराला र महामन्त्री गगन थापाको हात रहेको संस्थापन पक्षको बुझाइ छ । तर, नेता कोइराला र महामन्त्री थापाले यस अभियानबारे कुनै प्रतिक्रिया दिएका छैनन् । महामन्त्री थापा पनि पार्टीमा आमुल परिवर्तनको आवश्यकता रहेको बताइरहेका छन । महामन्त्री थापाले नेतृत्व परिवर्तनको कुरा उठाएपछि सभापति देउवाले आफू अब सभापति नहुने भन्दै पार्टीमा परिवर्तन कुनै व्यक्तिको विरोध गरेर मात्र नहुने बताइरहेका छन् । तर, कांग्रेसका गतिविधि भने शुन्य छन् ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपअर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार